कात्तिक १८, कुन्दुज (अफगानिस्तान) | अफगानिस्तानको कुन्दुज क्षेत्रमा नेटो फौजको हवाई आक्रमणमा परी महिला, बालबालिकासहित कम्तिमा ३० जना सर्वसाधारणको बिहीबार मृत्यु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १८, कुन्दुज (अफगानिस्तान) | अफगानिस्तानको कुन्दुज क्षेत्रमा नेटो फौजको हवाई आक्रमणमा परी महिला, बालबालिकासहित कम्तिमा ३० जना सर्वसाधारणको बिहीबार मृत्यु "/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अफगानिस्तानमा हवाई आक्रमण, दुई अमेरिकी सेना सहित तीस जनाको मृत्यु

१८ कार्तिक २०७३, बिहीबार १३:०३

कात्तिक १८, कुन्दुज (अफगानिस्तान) | अफगानिस्तानको कुन्दुज क्षेत्रमा नेटो फौजको हवाई आक्रमणमा परी महिला, बालबालिकासहित कम्तिमा ३० जना सर्वसाधारणको बिहीबार मृत्यु भएको छ । 

कुन्दुज क्षेत्र अफगानी तालिबानी समूहको आश्रयस्थलका रुपमा विद्रोहीले लामो समयदेखि प्रयोग गर्दै आएको क्षेत्र हो । तर केही समय पहिले अफगानी सेनाले चलाएको कारबाहीपछि विद्रोही उक्त क्षेत्र छोडी उच्च पहाडी तथा हिमाली क्षेत्रतर्फ भागेका थिए । 

अफगानी सुरक्षाकर्मी तथा नेटो सेनाले अफगानी तालिबानी समूहविरुद्ध गरेको संयुक्त हवाई कारबाहीमा तीस नागरिकले सहादत प्राप्त गरका साथैे २५ जना अन्य घाइते भएको प्रान्तीय प्रवक्ता महम्मद डेनिसले बताउनुभयो । 

बिहीबारको घटनामा अफगानिस्तानमा कार्यरत दुई अमेरिकी सेनाको समेत मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 

नेटोले ‘तालिम, सल्लाह र सहयोग मिसन’ अन्तर्गत अफगानिस्तानको कुन्दुज क्षेत्रमा तैनाथ दुई अमेरिकी सेनाको मृत्यु भएको र दुई सैनिक घाइते भएको पुष्टि गरेको छ । रासस/एएफपी/एपी   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं