मीन बहादुर पण्डित | नेपाल धनि हुँदा नेपाललाई कुनै घाटा हुने त कुरै भएन, फाइदै-फाइदा छ । तर नेपाल धनि हुँदा हाम्रो छिमेकी देश भारतलाई भने उसको नज़रमा फाइदा पनि हुनेछ र घाटा पनि हुनेछ । त्यहि फाइदा र घाटाको हिसाब किताब बुझेर नै भारतले नेपालको राजनीतिमा अनावश्यक हस्तक्षपकारी भूमिका निभाएर नेपाललाई जहिले पनि अस्थिर बनाउने कोसिस गरिरहन्छ । बिगत र बर्तमानका अनेकौं घटना क्रमहरुले यो कुरालाई स्पस्ट पुस्टि समेत गरिसकेको छ । जहिलेसम्म भारतको नेपाल र नेपाली प्रति संकीर्ण सोच रहिरहन्छ, तबसम्म नेपालमा शान्ति र स्थायीत्व आउन सक्दैन । शान्ति र स्थायीत्व बिना नेपालको बिकाश सम्भब छैन । त्यसैले नेपालको साच्चिकै बिकाश गर्ने हो भने भारतलाई विश्वासमा लिन अत्यन्त जरुरी छ, वा त सबै राजनीतिक पार्टीहरुले भारतलाई हस्तक्षेप गर्ने ठाउँ नै दिनु हुँदैन । सत्तामा जान र आफ्नो स्वार्थ पुरा गर्न भारतको साथ र समर्थन खोज्नु हुँदैन, अनि ठाउँ नपाए पछि उसको भूमिका आफै घट्दै जान्छ । सम्भावना नै नभए पछि हस्तक्षेप गर्न आउँदैन । जसले पनि तबसम्म कोशिस गर्छ जबसम्म सम्भाबना रहिरहन्छ । त्यसैले भारतलाई हस्तक्षेप गर्ने ठाउँ दिने हाम्रै नेता र पार्टीहरु हुन् । भारतले संधै नेपालमा आफुलाई हित गर्ने र आफ्नो फाइदा पुग्ने खालको सरकार चाहन्छ, तर हामीलाई मात्र नेपाल र नेपालीको हित गर्ने सरकार चाहिएको छ । जहिलेसम्म हाम्रो राजनीतिमा भारतीय दबदबा कायम रहन्छ तबसम्म नेपालमा बनेको जुनसुकै सरकार भएपनि नेपाली जनताको हितमा काम गर्न सक्दैन ।
भारतीय राष्ट्रपतिको नेपाल भ्रमणसंगै दिईएको सार्बजनिक बिदाको चर्को बिरोध हुनुको कारण पनि यहि हो । सुरक्षाको दृष्टिकोणले र सम्मान स्वरूप सार्बजनिक बिदा दिनु कुनै ठुलो कुरा होइन । तर यो बिरोधले भारतीय नेतालाई नेपाली जनता सम्मान गर्न चाहदैनन् भन्ने देखाउछ । मोदी आउँदा हर-हर मोदी, घर-घर मोदी भनेर नेपाली जनताले नारा लागाएर ठूलो सम्मान दिएकै हो । मोदी जनकपुर आएनन् र स्वागत गर्न पाईएन भनेर तराइका जनता रिसाएर मंच समेत भत्काएको घटना पुरानो भएको छैन । तर मोदीले नाकाबन्दी लगाएर धोका दिए । त्यसैले नेपाली जनता भारतीय नेताहरुलाई हत्त-पत्त विश्वास गर्न तयार देखिदैनन् । (केहि बर्ष अगाडी अमेरिकी राष्ट्रपति दुबई आउँदा पनि सार्बजनिक बिदा दिईएको थियो) सरकार गिराएर चिनिया राष्ट्रपतिको सम्भावित नेपाल भ्रमण रोकिनु र भारतीय राष्ट्रपतिको भ्रमण हुनु हाम्रो स्वाभिमान प्रति गम्भीर प्रहार हो भन्ने कतिपय बुद्दिजिबि हरुको बुझाइ छ । किनकि चिनिया राष्ट्रपति नेपाल आउँदा काठमाडौँ केरुङ्ग रेलको सिलान्न्यास हुने वाला थियो । तर त्यसलाई जसरि भए पनि रोक्न भारत सफल भएको छ । सर्बसाधारण नेपाली जनताले समेत भारतको चाल राम्ररी बुझेका छन्, त्यसैले नेपाल भारतको समन्ध थप सुधार गर्ने हो भने जनस्थरबाटै सुरु गर्नु पर्दछ, नेपाल सरकार र भारत सरकार बीच मात्र समन्ध सुधार गरेर पुग्दैन । जब नेपाली जनता नै भारत प्रति नकारात्मक सोच राख्छन र शंकाले हेर्छन भने एक अर्को देशमा उच्च स्थरिय राजनीतिक भ्रमण गरेर समन्ध मजद्बुत भयो, भन्नुको के अर्थ रहला र ? नेपाली जनता बैशाख १२ को भुकम्प बिर्सिन तयार छन्, तर नाकाबन्दी बिर्सिन तयार छैनन् । ६ महिना नाकाबन्दि लगाएर नेपालको अर्थतन्त्र तहस-नहस बनाइदिएको नेपाली जनताले बिर्सन सक्दैन । नेपाल भारत समन्ध जनस्थरमा बलियो नहुनुको कारण के हो ? अनि नेपाल सम्पन्न हुँदा भारतलाई कति फाइदा र कति घाटा ? त्यस बिषयमा केहि चर्चा गरौँ ।
१) अहिले नेपालले भारतबाट बर्षमा लगभग ५ खर्बको समान आयात गर्दछ भने, धनि भएमा बर्षको १० खर्बको समान आयात गर्नेछ । किनकि नेपाल धनि भएमा जनताको क्रयशक्ति (खर्च गर्ने शक्ति) बढ्ने छ, र त्यति बेला हाम्रा उद्योग कल-कारखानालाई अत्याधिक कच्चा पदार्थ चाहिने हुन्छ । तर नेपाल धनि भए आफुलाई चाहिने समान आफै बनाउला आफ्नो बजार गुम्ला भन्ने पनि भारतलाई चिन्ता छ ।
२) नेपाल धनि भएमा भारत घुम्न जाने पर्यटकहरु धेरै हुनेछन । किनकि नजिकैको देश अनि भाषा-संस्कृति पनि मिल्ने र अरु देश जान भन्दा सस्तो पनि पर्ने हुनाले नेपालीहरुको पहिलो रोजाइ भारत नै हुनेछ । जसले भारतीय पर्यटनलाई ठुलो फाइदा पुर्याउने छ । तर नेपाली धनि भएमा भारतियको घरमा काम गर्ने नोकर नपाइएला भन्ने चिन्ता भारतलाई हुन् सक्छ । अनि सस्तो मजदुर नपाइने चिन्ता पनि होला र इन्डिएन आर्मीमा नेपाली नआउलान भन्ने डर पनि भारतलाइ हुन सक्छ ।
३) नेपाल धनि भएमा नेपालका नदीनालाबाट नेपालीले नै बिद्ध्युत निकाल्न सक्षम हुनेछन् । र भारतले नेपाली नदीनाला हडप्न पाउदैनन् । त्यसैले जसरि हुन्छ, नेपाली नदीनाला होल्ड गर्ने तर काम नगरेर अल्झाई रहने भारतीय चाल देखिन्छ । राष्ट्रपतिज्यु पशुपति र जनकपुर मन्दिर हेर्नुको सट्टा भारतीय कम्पनीले अलपत्र पारेका योजनाहरु हेर्न अनुरोध छ । नेपाललाई बढी भएको बिजुलीको पहिलो बजार भारत नै हो । अत: नेपाल धनि भएमा पनि भारतले प्रसस्त बिजुली नेपालबाट किन्न पाउनेछ । यसमा भारतले शंका गर्नु हुँदैन ।
४) तराइ भारतमा विलय गराउनका लागि बिहार भन्दा नेपालको तराइको हालत खराब बनाइदिनु पर्छ, ताकि भारत तिर मिसिन पाएमा भारतलाई धेरै फाइदा हुन्थ्यो भन्ने मनोबैज्ञानिक असर तराई बासिमा पार्न सकियोस । भारतको अर्को दाउ यो पनि हो । र नेपाल धनि भएमा तराइका जनता भारततिर मिसिन जादैनन् भन्ने उसले बुझेको छ ।
५) नेपाल धनि भएमा आफ्नो सिमानाको रक्षा आफै गर्नेछ र सिमाना मिच्न पाइदैन, त्यसैले गरिब नेपाल नै भारतको फाइदामा हुनेछ ।
६) चिनिया रेल काठमाडौँ आयो भने भारतलाइ घेर्छ भन्ने उसको सोच छ, उसो भए किन काठमाडौँ-दिल्ली रेलको सर्बे सुरु गरेको त, चीनलाइ घेर्न ? अनि चिनिया रेल काठमाडौँ आउँदा भारतलाई खतरा हुने भए भारतले किन पाकिस्तानसंग सम्झौता एक्सप्रेस रेल चलाएको त् ? पाकिस्तानबाट भारती बोर्डरसम्म हतियार आउला तर चीनबाट नेपाल हतियार आउदैन । नेपाली सेनाले चाहेमा चीन सित हतियार किन्न पाउछ । नेपाली सेनाले अरु सित हतियार र बन्दो बस्तिका समान किन्दा भारतको अनुमति लिनु पर्ने हो र ? जता सस्तो, जता राम्रो उत्तै किन्ने हाम्रो सार्बभौम अधिकार हैन र ?
७) छिमेकी धनि भए आफ्नो पनि ब्यापार बढ्छ भन्ने नीति र सोचले चीनले नेपालमा, बिराट नगर चिनी मिल, हेटौडा कपडा उद्योग, हिमाल सिमेन्ट आदि १६ वटा जति उद्योग खोलिदियो । यदी चीनले पनि नेपालमै कपडा बने हाम्रो कपडा बिक्दैन, हाम्रो अरु सामान पनि बिक्दैन भनेर सोचेको भए यी उद्योगहरु बनाइदिन्थ्यो ? तर भारतले आफ्नो सिमेन्ट बेच्न नेपाली उद्योगहरु कांग्रेस नेताहरुको मद्दतले धरासयी बनाइदियो ।
८) नेपाल सधै गरिब भई रहोस र नेपालको नदीनाला आफ्नो हितमा प्रयोग गरेर युपी बिहारका जनतालाई पिउने पानि र सिंचाईका लागि प्रयोग गर्न केहि नेपाली नेतालाई प्रलोभनमा पारेर थुप्रै असमान सन्धि र सम्झौता गरेको हामी नेपाली सबैलाई थाहा नै छ ।
९) सकेसम्म नेपाललाई सिक्किम बनाउने र नसके भुटान जस्तो बनाउने रणनीति अन्तर्गत नेपाली राजनीतिमा आगो लगाएर तमासा हेरेर फाइदा लिने भारतीय चाल हो । नेपाल धनि भयो भने यो सबै कुरा सम्भव हुँदैन ।
१०) बढ्दै गएको चीनको शक्ति रोक्न र चीन बिरुद्ध नेपाली भुमि प्रयोग गर्न नेपाली राजनीतिक दललाई हातमा लिएर सत्तामा जान सहयोग गरिदिने अनि चीन तिर नेपालको सम्बन्ध र ब्यापार बिस्तार हुन नदिने चाल पनि छदैछ । यसले नेपालीले सस्तोमा समान किन्न पाउने अधिकारको हनन गरेको छ ।
११) भुटानी सरनार्थी भारत हुँदै नेपाल छिर्न दिने तर भुटान फर्काउन पहल नगरेर नेपाली राजनीति र आर्थिक गतिबिधि डामाडोल बनाइदिने र फाइदा लिने चाल पनि देखेकै हो । अर्को कुरा भारतको बिशाल जनशंख्यालाई केहि मात्रामा भए पनि नेपालको तराइ तिर पठाएर नागरिता र अधिकार दिलाइ दिने रणनीति पनि छदैछ ।
१२) भारत र अमेरिकालाई तिब्बत टुक्राउन पाए चीनले आर्थिक र सैनिक दृष्टिले अमेरिकालाई दोस्रो बनाउन सक्दैन थियो र भारतलाई दबाउने बल पनि कम हुन्थ्यो भन्ने भारतीय रणनीति अन्तर्गत बिभिन्न बहानामा नेपाल भित्र भारतीय प्रभाब बनाइ रहने चाल पनि छदैछ । नेपाल धनि र बाठो भए यो सम्भव छैन भन्ने उसले बुझेको छ ।
१३) भारतले चीन सित बाध्यताले खर्बौ डलरको ब्यापार गरे पनि भारतलाई चीनमा शान्ति र बिकाश भएको मन पर्दैन । भारत चीनसंग आर्थिक र सैनिक प्रतिस्प्रधा गर्न गर्न चाहन्छ तर अमेरिका भन्दा माथि पुगीसकेको चीनलाई भारतले जिस्क्याउनु भनेको हात्तीलाइ तर्साउन कुकुर भुक्नु जस्तै हो । त्यसैले नेपाली सिमाना र समन्ध चीनसित जोडिएकोमा भारत आफुलाई खतरा महसुस गर्ने गर्छ ।
१४) आफु चाहि ब्रिटिसबाट स्वत्रन्त्र हुनुपर्ने तर नेपाललाई चाँही सधै आफ्नो उपनिबेस सम्झेर व्यवहार गर्ने भारतीय नेताहरुमा अलिकति मानबिय सम्बेदना हुनुपर्ने हो । नेपाल धनि र सम्पन्न भएमा नेपाल माथि प्रभाब पार्ने बहाना सकिन्छ भन्ने उसले बुझेको छ ।
१५) नेपाली शासकहरुले जब यी कुरा बुझछन, त्यति बेला कि ति बिरेन्द्र र मदन भण्डारी बनाइञ्छन या त सत्ताबाट बाहिरिन बाध्य पारिन्छन् भनेर बुझ्ने नेपालीहरु पनि धेरै छन् ।
जसले बिरेन्द्रको हत्त्या गरायो त्यहि जिम्मेबार छ नेपालमा अशान्ति हुनुमा । जसले मदन भण्डारीको हत्त्या गरायो, त्यहि जिम्मेबार छ नेपाल गरिब हुनुमा । त्यसैले नेपाल धनि हुँदा भारतलाई हुने नाफा र घाटा यिनै हुन् ।
प्रतिक्रियाको लागि: [email protected]