२८ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सूचना प्रबिधि

एप्पल कम्पनिले गर्यो आइफोन- १६ को सिरिज लन्च

२५ भाद्र २०८१, मंगलवार ०२:५४

भदौ २५, काठमाडौँ । आइफोन निर्माता कम्पनि एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो ।

यस कार्यक्रमलाई 'इट्स ग्लोटाइम' नाम दिइएको थियो। एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्स कार्यक्रममा लन्च गरिएको हो ।

आइफोन- १६ को ७९९ डलर मुल्य तोकिएको छ भने आइफोन- १६ प्लसको ८९९ डलर रहेको छ । त्यस्तै आइफोन- १६ प्रो को ९९९ डलर र आइफोन प्रो म्याक्सको ११९९ डलर रहेको छ । 

यसपटक नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । यद्यपि, एप्पल इन्टेलिजेन्स केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ।

आईफोन–१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन–१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ ।

आईफोन-१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ आइफोन १६ प्रो म्याक्स अहिलेसम्मकै ठूलो डिस्प्ले भएको आइफोन हुनेछ ।

आइफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुबिधा अनुसार संचालन गर्न सकिने छ । त्यस्तै आईफोन १६ मा ए१८ बायोनिक चिपसेट प्रदान गरिएको छ ।

त्यस्तै आईफोन १६ मा दुईवटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ। यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डल्बी भिजनको साथ ४के ६० भिडियो रेकर्ड गर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानमा बस दुर्घटना: १४ जनाको मृत्यु, १० बेपत्ता होम लोन लिनेको संख्या बढ्यो रवि लामिछानेसँग आजदेखि लिखित बयान लिन सुरु जापानका नगर प्रमुखलाई बालेनले दिए ढाका टोपी र देशे मरुझ्याःको प्रतिकृति उपहार कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’मार्फत खेलाडी छनोट गर्ने रास्वपाको पत्रकार सम्मेलन स्थगित आत्म समीक्षा सहित जनताको घर–घरमा पुग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन सुनको मूल्य घट्दा चाँदी बढ्यो प्रधानमन्त्री ओली आज जुम्ला जाँदै ट्रम्पले मस्क र रामास्वामीलाई सुम्पिए महत्वपूर्ण जिम्मेवारी दुई संसदीय समितिको बैठक आज बस्दै स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध यस्तो छ, बुधबारको विदेशी मुद्राको विनिमय दर रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै यु–१९ महिला विश्वकप छनोट : अन्तिम खेलमा आज नेपाल युएईसँग खेल्दै आजको मौसमः देशका अधिकांश भूभागमा मौसम सफा रहने पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति महसुल नतिरेका उद्योगको लाइन जोड्ने र महशुल बक्यौता असुल गर्ने प्राधिकरण बोर्डको निर्णय पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई पक्राउ मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन : मन्त्री पाण्डे