२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

धनराजले सहकारीको ८१ लाख ऋण तिरेको खुलासा

२०८१, २८ भाद्र शुक्रबार ०९:२७

भदौ २८, ललितपुर | महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभसँग जोडिएको १४ करोड रुपैयाँभन्दा बढीको हिनामिनाको विवादमा मुछिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ८१ लाख रुपैयाँ ऋण तिरेको खुलासा भएको छ। सहकारीका अध्यक्ष कुम्भराज गुरुङका अनुसार, धनराजले गत जेठ ६ गते आफ्नो नाममा रहेको ऋणको यो परिमाण तिरेका हुन्।

धनराज गुरुङले लामो समयदेखि सहकारीमा आफू संलग्न नभएको र सारा ऋण पूर्वपत्नी ज्योति गुरुङले लिएको दाबी गर्दै आएका थिए। तर, कुम्भराजले सार्वजनिक गरेको भौचरअनुसार धनराजकै नाममा ८१ लाख रुपैयाँ सहकारीमा फिर्ता गरेको पुष्टि भएको छ।


 कुम्भराज गुरुङले आफ्नो सहकारीबाट धनराज दम्पतीले करिब १४ करोड रुपैयाँ लगे पनि उनी र उनकी श्रीमती ज्योति अहिले सम्पर्कविहीन भएको आरोप लगाएका छन् । धनराजले साढे ४ वर्षअघि नै सम्बन्ध विच्छेद गरिसकेकी श्रीमतीले ऋण लिएको जिकिर गरिरहे पनि शुक्रबार कुम्भराजले गत वैशाख र जेठमा सहकारीकाे खातामा ८१ लाख रुपैयाँ  धनराजले पठाएको दाबी गरेका हुन् ।

‘उहाँकी श्रीमतीलाई मैले विदेश पठाएको आरोप पनि मलाई लगाएका रहेछन्, नाटक गरिरहेका छन्’, उनले भने, ‘८२ वर्षको भएँ, अब स्वर्ग जानेबेला भएको बुढो मान्छेले किन ढाँट्नु । ज्योति र धनराज मिलेर मलाई फसाए, सहकारी पनि डुबाए ’उनले भने।

सहकारीमा ठगीसम्बन्धी छानबिनका लागि गठन भएको संसदीय समितिमा कुम्भराजले धनराजले सहकारीको केही रकम फिर्ता गरे पनि अझै ठूलो परिमाणको ऋण बाँकी रहेको जानकारी गराएका छन्। कुम्भराजले न्यायका लागि संसदीय समितिमा उजुरी दिँदै सहकारीबाट अपचलन भएको सम्पूर्ण रकम फिर्ता हुनुपर्ने माग गरेका छन्।

धनराजले भने आफूलाई घटनाको कुनै जानकारी नभएको बताउँदै आएका छन्, तर सहकारी अध्यक्ष कुम्भराजले यो आरोपलाई अस्वीकार गर्दै धनराजको भूमिका रहेको जिकिर गरेका छन्।

कुम्भराजले धनराज र ज्योति गुरुङसहित पाँच जनाविरुद्ध नेपाल प्रहरीमा उजुरी दिएका छन्, जसमा सहकारीको १४ करोड रुपैयाँ हिनामिना गरिएको आरोप लगाइएको छ। कुम्भराजकोतर्फबाट मितेरीका सचिव बोधविक्रम थापाले जाहेरी हालेका थिए । थापाले कांग्रेस उपसभापति धनराज गुरुङ पत्नी ज्योतिसहित ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश थापाविरुद्ध जाहेरी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल