२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

मितेरी सहकारी प्रकरण: धनराजको डिभोर्स कागजी मात्र, एक महिना अगाडी तिरेका थिए ऋण

२८ भाद्र २०८१, शुक्रबार १०:१०

भदौ २८, काठमाडौँ । सहकारी ठगी प्रकरण छानबिन गर्न गठन गरिएको संसदीय छानविन विशेष समितिले कांग्रेसका उपसभापति धनराज गुरुङ मुछिएको मितेरी सहकारीको स्थलगत निरीक्षण गरको छ ।

समितिका सभापति सुर्य थापासहित सबै सदस्यले सहकारीको स्थलगत निरीक्षण गरेर जानकारी लिएका छन् । त्यसक्रममा समितिले सहकारीका अध्यक्ष कुम्भराज गुरुङसँग धनराज दम्पती जोडिएको १५ करोड बचत हिनामिना बारे सोधपुछ गरेको थियो ।


श्रीमतीसँग डिभोर्स भएको भनिए पनि श्रीमतीको नाममा रहेको ऋण धनराज गुरुङ आफैंले पटक पटक आएर तिरेको सहकारीका अध्यक्ष गुरूङले समितिलाई बताएका थिए । एक महिनाअघि मात्रै आएर धनराजले ऋणको पैसा तिरेको बताउदै कुम्भराजले कागजीरूपमा मात्र डिभोर्स भएको बताएका छन् ।

यसअघि समितमै बोलाएर पनि कुम्भराजको बयान लिइएको थियो । त्यसक्रममा उनले तत्कालीन महाप्रबन्धक ज्योति गुरुङले गरेको रकम हिनामिना र त्यसपछि धनराज आफैं सन्चालक समिति बैठकमा बसेर रकम फिर्ता गर्ने सम्झौता गरेको समितिलाई जानकारी गराएका थिए । 

धनराज गुरुङले भने २०७६ सालमै ज्योतिसँग सम्बन्ध बिच्छेद भइसकेको र ज्योतिले गरेको सहकारी बचत हिनामिनासँग आफ्नो सम्बन्ध नरहेको बताउँदै आएका छन् ।

आफ्नो प्रतिवेदन बुझाउने अन्तिम तयारीमा रहेको समितिले विहिबार कार्यविधिबमोजिम निर्णय गरी ३ वटा सरकारी  निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत  निरीक्षण गरेको सभापति थापाले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य