२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

स्वेट सेयरबारे रविले मिडियामा भ्रम फैलाए: मुकुल ढकाल

२०८१, ३० भाद्र आईतवार ०७:५१

भदौ ३०, काठमाडौँ | रास्वपाका पूर्व महामन्त्री डा. मुकुल ढकालले रवि लामिछानेले स्वेट सेयर (पसिनाको मूल्य बापत दिइने सेयर) सम्बन्धी कानुन नेपालमा नभएको भन्दै झुटो जानकारी फैलाएको बताएका छन्। रविले विभिन्न मिडियामा स्वेट सेयरको कानुनी अवस्था बारे गलत विवरण दिइएको र यसले आम मानिसलाई भ्रममा पारेको बताएका हुन्।

ढकालले सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालमा स्वेट सेयर सम्बन्धी कानुन रहेको र कम्पनी ऐन २०६३ को दफा ३१(२) मा यसबारे स्पष्ट व्यवस्था भएको बताएका हुन्।  रविले आफ्नो कम्पनी गोर्खा मिडिया नेटवर्कमा स्वेट सेयर लिएको भन्दै मिडियामा टिप्पणी गरे पनि उनले कानुनी रूपमा स्वेट सेयर लिएको सम्झौता नगरेको उनले बताएका हुन्। 

कानुन अनुसार स्वेट सेयर सम्झौता नगरी उनले कम्पनी रजिष्ट्रार कार्यालयमा रबिले १.८ करोड बराबरको सेयर खरिद गरेको कागजात पेश गरेको उनले बताएकाछन्। ढकालले सहकारीबाट ठगी गरेर प्राप्त गरिएको रकमले सेयर खरिद गरेको र प्रक्रियागत त्रुटिहरू गरेको कारण उनीमाथि कानुनी कारबाहीको माग गर्न समेत माग गरेका छन्।

ढकालले सामाजिक सञ्जालमा लेखेका छन्,

नेपालमा स्वेट सेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैलाए , हामीले त्यसमा विश्वास गर्यौँ । कति पय मिडियाकर्मी साथीहरूले पनि सोहि अनुसार समाचार प्रशारण गरे । तर नेपालमा स्वेट सेयर वा यस्तै प्रकृतिमा लिइने अन्य प्रकारको सेयरका लागी पनि कानुन छ । 

प्रचलित कम्पनि ऐनको दफा ३१ को उपदफा २ ले त्यस्तो व्यवस्था गरेको छ । स्वेट सेयर (अर्थात पसिना/परिश्रमको मुल्य बापत दिइने/लिइने सेयर) का लागी सेयर लिने दिने बीच कति समयका लागी परिश्रम वा सेवा गर्नु पर्ने हो, र त्यसबापत कति कित्ता सेयर प्राप्त हुने हो सम्झौतापत्रमा उल्लेख गरि सम्झौता हुनपर्छ । त्यसरी गरिएको सम्झौताको पत्र कम्पनि रजिष्ट्रारको कार्यलयमा बुझाएपछी, कम्पनि रजिष्ट्रारको कार्यलयले सम्झौता अनुरूप सेयर बाँडफाँडलाई वैधानिकता दिन्छ । 

रवि लामिछानेले सहकारीबाट १.८ करोड ठगे , र त्यसरी ठगेको पैसाबाट गोर्खा मिडिया नेटवर्कमा १.८ करोड बराबरको सेयर किने (सहकारीबाट पैसा लिँदा सबै प्रकृया पूरा गरेको भए, ऋणि हुन्थे । तर आफूँ सदस्य पनि नरहेको सहकारीबाट आफ्ना परम मित्र जिबी राइसँगको मिलेमतोमा प्रकृया पनि पूरा नगरी सहकारीबाट पैसा लिए, त्यसैले उनी ऋणि नभएर ठग हुन् ।) 

१.८ करोड बराबरको सेयर किनेपछी, सोहि अनुरूप कम्पनि रजिष्ट्रारको कार्यलयमा आफूँले सेयर किनेको भनेर लिखत जानकारी गराए । तर बाहिर मिडियामा आफूँले स्वेट सेयर लिएको र त्यससम्बन्धी कानुन नेपालमा नभएकाले प्रचलित अभ्यास पालना गरेको भनेर झुट बोले । यदि रवि लामिछानेले वास्तवमा नै स्वेट सेयर लिएको भए, उनको गोर्खा मिडिया नेटवर्कसँग स्वेट सेयरसम्बन्धी ऐनको दफा ३१ को उपदफा २ बमोजिम सम्झौता पत्र हुन्थ्यो र सोहि अनुसार कम्पनि रजि.को कार्यलयमा सम्झौता पत्र बुझाइएको हुन्थ्यो । फेरी पनि दोहोर्याउँछु, स्वेट सेयर सम्बन्धी सम्झौता नगरी उनले कम्पनि रजि.को कार्यलयमा आफूँले सेयर किनेको भनेर कागजात पेश गरेका छन्  । 

(प्रमाण खोइ भनेर प्रतिक्रिया दिन आउने साथीहरूले कम्पनि सम्बन्धी नेपालको प्रचलित कानुनको दफा ३१ हेर्न सक्नुहुन्छ । रवि लामिछाने आफैँले स्वेट सेयरको कानुन नेपालमा नभएको भनेर भनेका भिडियो हेर्न सक्नुहुन्छ र कम्पनि रजिष्ट्रारको कार्यलयमा उनलो आफूँले कुनै स्वेट सेयर सम्झौता नगरी किनेको भनेर उल्लेख गरेको कागजात हेर्न सक्नुहुन्छ । त्यस्तै विभिन्न सहकारीबाट सोहि बराबरको रकम उनको नाममा प्रवाह भएको कागजात पनि हेर्न सक्नुहुन्छ । यो त २ करोड ठगीको कुरा भयो, करिब ९५ करोड सहकारीबाट ठगेको अन्य प्रमाण पनि छन् , आजलाई यति नै ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही