२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सभामुखले बोलाएको बैठक निष्कर्षमा पुगेन, माओवादीले माग्यो एक घण्टाको समय

३० भाद्र २०८१, आईतवार ०७:५६

भदौ ३०, काठमाडौँ | सभामुख देवराज घिमिरेले बोलाएको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुसँग बैठक बिना निष्कर्ष सकिएको छ ।

सिंहदरबारमा बसेको राष्ट्रिय दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा कुनै सहमति नभएको हो ।

बैठकमा माओवादी केन्द्रले एक घण्टाको समय मागेको बताउदै सदन अवरुद्धको निर्णयमा पुर्नविचार गर्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।


बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकहरुसँग सभामुख घिमिरेले छलफल गरेका थिए ।

'हिंसा' शब्द असंसदीय नरहेको सभामुखको रुलिङपछि माओवादी केन्द्रले संसदको बैठक अवरुद्ध गरिरहेको छ । 

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले भदौ १२ गते प्रतिनिधिसभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गरेको नियमापत्तिको निर्णय गरेका थिए । निर्णयमा असहमति जनाउँदै माओवादी केन्द्रले गत बुधबारको संसद अवरोध गरेका थिए । माओवादी केन्द्रले 'हिंसा' शब्द बारे सभामुखले गरेको निर्णय फिर्ता नलिएसम्म संसदको अवरोध जारी रहने निर्णय गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता