2026-09-06 05:24 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आफ्नै घरको बार्दलीबाट लडेर घाइते भएका फुटबलर अल-मुवालादको स्वास्थ्य अवस्था गम्भीर

भदौ ३१, काठमाडौँ । आफ्नै घरको बार्दलीबाट लडेर घाइते भएका साउदी अरेबियाका चर्चित फुटबल खेलाडी फहाद अल-मुवालादको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको बताइएको छ । ३० वर्षीय विंगरको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

गत बिहीबार उनी दुबईस्थित आफ्नै घरको बार्दलीबाट तल खसेका थिए । उनी दुई तलामाथिबाट खसेका थिए । उनी आफ्नो अपार्टमेन्टमा बिदा मनाउने क्रममा बार्दलीबाट खसेको स्थानीय प्रहरीले जनाएको छ ।

उनी अल-शबाबबाट साउदी अरेबियाको व्यावसायिक लिग खेल्छन् । उनी साउदी अरेबियाको राष्ट्रिय टोलीका प्रभावशाली सदस्य पनि हुन् । उनलाई तत्कालै अस्पताल लगिएको थियो । उनको अवस्था अझै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

उक्त घटनाको विषयमा हाल प्रहरीले अनुसन्धान गरिरहेको छ । फुटबलर फहाद अल-मुवालाद बिहीबार आफ्नो घरको दोस्रो तलाको बार्दलीबाट तल खसेका थिए । घटनाको अनुसन्धान भइरहेको छ । अनुसन्धानको नतिजा पछि सार्वजनिक गरिने छ,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले सन् २०११ मा शीर्ष डिभिजनको साउदी लिगमा ‘डेब्यू’ गरेका थिए । सन् २०१८ मा उनले केही समयका लागि ऋणमा स्पेनिस ला लिगा क्लब लेभान्तेबाट पनि खेलेका थिए । उनी सन् २०२२ मा आफ्नो बाल्यकालको क्लब अल- इत्तिहाद छाडेर अल-शबाबमा आबद्ध भएका थिए ।

उनले सन् २०१२ मा साउदी अरेबियाको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । त्यसयता उनले साउदी अरेबियाको राष्ट्रिय टोलीबाट ७८ खेल खेलिसकेका छन् । अहिले सम्पूर्ण फुटबल जगतले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेको छ । उनको पूर्वक्लब अल – इत्तिहादका समर्थकहरूले पनि आइतबार अल-बेहदासँगको खेलअघि उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ