2026-10-23 02:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

आफ्नै घरको बार्दलीबाट लडेर घाइते भएका फुटबलर अल-मुवालादको स्वास्थ्य अवस्था गम्भीर

भदौ ३१, काठमाडौँ । आफ्नै घरको बार्दलीबाट लडेर घाइते भएका साउदी अरेबियाका चर्चित फुटबल खेलाडी फहाद अल-मुवालादको स्वास्थ्य अवस्था अझै गम्भीर रहेको बताइएको छ । ३० वर्षीय विंगरको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

गत बिहीबार उनी दुबईस्थित आफ्नै घरको बार्दलीबाट तल खसेका थिए । उनी दुई तलामाथिबाट खसेका थिए । उनी आफ्नो अपार्टमेन्टमा बिदा मनाउने क्रममा बार्दलीबाट खसेको स्थानीय प्रहरीले जनाएको छ ।

उनी अल-शबाबबाट साउदी अरेबियाको व्यावसायिक लिग खेल्छन् । उनी साउदी अरेबियाको राष्ट्रिय टोलीका प्रभावशाली सदस्य पनि हुन् । उनलाई तत्कालै अस्पताल लगिएको थियो । उनको अवस्था अझै गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

उक्त घटनाको विषयमा हाल प्रहरीले अनुसन्धान गरिरहेको छ । फुटबलर फहाद अल-मुवालाद बिहीबार आफ्नो घरको दोस्रो तलाको बार्दलीबाट तल खसेका थिए । घटनाको अनुसन्धान भइरहेको छ । अनुसन्धानको नतिजा पछि सार्वजनिक गरिने छ,’ प्रहरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले सन् २०११ मा शीर्ष डिभिजनको साउदी लिगमा ‘डेब्यू’ गरेका थिए । सन् २०१८ मा उनले केही समयका लागि ऋणमा स्पेनिस ला लिगा क्लब लेभान्तेबाट पनि खेलेका थिए । उनी सन् २०२२ मा आफ्नो बाल्यकालको क्लब अल- इत्तिहाद छाडेर अल-शबाबमा आबद्ध भएका थिए ।

उनले सन् २०१२ मा साउदी अरेबियाको राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । त्यसयता उनले साउदी अरेबियाको राष्ट्रिय टोलीबाट ७८ खेल खेलिसकेका छन् । अहिले सम्पूर्ण फुटबल जगतले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेको छ । उनको पूर्वक्लब अल – इत्तिहादका समर्थकहरूले पनि आइतबार अल-बेहदासँगको खेलअघि उनको स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने