कात्तिक १९, काठमाडौं | सामाजिक सञ्जालमा तरकारीवालीको नामले भाइरल बनेकी कुसुम श्रेष्ठसँग सञ्चारकर्मी सविना कार्कीले टेलिफोन अन्तर्वार्ता गरेकी छिन् । सबिनासँगको कुराकानी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक १९, काठमाडौं | सामाजिक सञ्जालमा तरकारीवालीको नामले भाइरल बनेकी कुसुम श्रेष्ठसँग सञ्चारकर्मी सविना कार्कीले टेलिफोन अन्तर्वार्ता गरेकी छिन् । सबिनासँगको कुराकानी"/>
२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरकारीवाली के भन्छिन् ? पाँच मिनेटको यो अडियो सुन्नुस

२०७३, १९ कार्तिक शुक्रबार ११:१२

कात्तिक १९, काठमाडौं | सामाजिक सञ्जालमा तरकारीवालीको नामले भाइरल बनेकी कुसुम श्रेष्ठसँग सञ्चारकर्मी सविना कार्कीले टेलिफोन अन्तर्वार्ता गरेकी छिन् । सबिनासँगको कुराकानीमा कुसुमले आफ्नो फोटोमा गलत कमेन्ट नदिन आग्रह गर्दै आफ्नो फोटो खिचेर भाइराल बनाईदिनेलाई धन्यवाद दिएकी छिन् । 

कुसुमले प्रस्ताव आए मोडलिङ गर्न तयार भएको पनि बताएकी छन् । सामाजिक सञ्जालमा तरकारीको क्रेट बोकेको तस्बिर भाइरल भएपछि उनको चर्चा विभिन्न कोणबाट भइराखेको छ । चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेर हिड्दै गरेकी कुसुमको तस्बिर पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले खिचेका थिए । तस्बिर खिचेर महर्जनले फेसबुकमा राखेपछि उनको तस्बिर भाइरल भएको हो । सामाजिक सञ्जालमा कुसुमको तस्बिर भाइरल भएपछि महर्जनले भने आफ्नो फेसबुकबाट तस्बिर हटाइसकेका छन् ।

आफ्नो तस्बिरका सन्दर्भमा सोधेको प्रश्नमा कुसुमले भनिन्, ‘फोटो खिचेको थाहा थिएन । साथीले भनेपछि मात्र थाहा पाएँ।’ अनुमतिबिना फोटो खिच्दा कस्तो लाग्यो भन्ने प्रश्न कुसुम भन्छिन्, ‘मलाई डर लागेको थियो । पछि सबैले राम्रो भन्नुभयो । पछि चाहिँ नराम्रो कमेन्ट गर्न सक्छन् भन्ने डर अझै छ ।’ लाखौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले मन पराए पनि कुसुम आफैलाई भने आफू राम्री छु जस्तो लाग्दैन । उनी अनुहार भन्दा मानिसको व्यवहार राम्रो हुनुपर्ने धारणा राख्छिन् ।

तल सुन्नुस कुसुमसँगको कुराकानी: 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी