३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टोली पराजित हुँदा पनि गुलशनले पाए अवार्ड

३ आश्विन २०८१, बिहीबार ०७:००

असोज ३, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरुद्ध समेत नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पराजित भएको हो ।

नेपाली टोली पराजित हुँदा अलराउण्डर गुल्सन झा ‘प्लेयर अफ द म्याच अवार्ड’ हात पार्न सफल भए । नेपाल एक विकेटले पराजित हुँदा उनले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए । यस्तै, पाँच विकेट हात पार्न सफल भएका थिए ।

पहिला ब्याटिङ गरेको नेपालले २२१ रनको मध्यम लक्ष्य दिएको थियो । ओमानले एक बल बाँकी हुँदा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दा नेपाल पराजित भएको हो ।


ओमानलाई अन्तिम ६ बलमा जितका लागि ८ रन चाहिएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक रन बटुल्दा दोस्रो बलमा सकिल अहमदको ब्याटबाट चौका गएको थियो ।

तेस्रो बल डट राखे पनि, चौथो बलमा एक रन बटुल्दा अन्तिम दुई बलमा दुई रन चाहिएको थियो । सोमपालको पाँचौ बलमा कलिमुल्लाहले चौका हान्दै ओमानलाई रोमाञ्चक जित दिलाएका थिए ।

नेपालका लागि गुल्सनले पाँच विकेट लिँदा करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक-एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२० बनाउँदा कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र चार छक्कासहित सर्वाधिक ६० रनको महत्त्वपूर्ण इनिङ खेले ।

तल्लो क्रममा गुल्सन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्त्वपूर्ण इनिङ खेले । अरू खेलाडीले राम्रो अंकमा रन बटुल्न सकेनन् ।

आफ्नो पहिलो खेलमा क्यानडाविरुद्ध १०३ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा पनि पराजित भएको हो । नेपालले अब आइतबार पुनः क्यानडा तथा मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की