२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

टोली पराजित हुँदा पनि गुलशनले पाए अवार्ड

२०८१, ३ आश्विन बिहीबार ०७:००

असोज ३, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमानविरुद्ध समेत नेपाल पराजित भएको छ । क्यानडाको किङ्ग सिटी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल पराजित भएको हो ।

नेपाली टोली पराजित हुँदा अलराउण्डर गुल्सन झा ‘प्लेयर अफ द म्याच अवार्ड’ हात पार्न सफल भए । नेपाल एक विकेटले पराजित हुँदा उनले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए । यस्तै, पाँच विकेट हात पार्न सफल भएका थिए ।

पहिला ब्याटिङ गरेको नेपालले २२१ रनको मध्यम लक्ष्य दिएको थियो । ओमानले एक बल बाँकी हुँदा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दा नेपाल पराजित भएको हो ।


ओमानलाई अन्तिम ६ बलमा जितका लागि ८ रन चाहिएको थियो । सोमपालको पहिलो बलमा कलिमुल्लाहले एक रन बटुल्दा दोस्रो बलमा सकिल अहमदको ब्याटबाट चौका गएको थियो ।

तेस्रो बल डट राखे पनि, चौथो बलमा एक रन बटुल्दा अन्तिम दुई बलमा दुई रन चाहिएको थियो । सोमपालको पाँचौ बलमा कलिमुल्लाहले चौका हान्दै ओमानलाई रोमाञ्चक जित दिलाएका थिए ।

नेपालका लागि गुल्सनले पाँच विकेट लिँदा करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक-एक विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२० बनाउँदा कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र चार छक्कासहित सर्वाधिक ६० रनको महत्त्वपूर्ण इनिङ खेले ।

तल्लो क्रममा गुल्सन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको महत्त्वपूर्ण इनिङ खेले । अरू खेलाडीले राम्रो अंकमा रन बटुल्न सकेनन् ।

आफ्नो पहिलो खेलमा क्यानडाविरुद्ध १०३ रनको फराकिलो अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा पनि पराजित भएको हो । नेपालले अब आइतबार पुनः क्यानडा तथा मंगलबार ओमानसँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन