२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन

३ आश्विन २०८१, बिहीबार ११:२८

असोज ३,  काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ ।

८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । उनको आज मुम्बईको ओशिवारा श्मशान गृहमा अन्तिम संस्कार गरिएको छ ।


विपिन रेशमियाको परिवारले एक विज्ञप्ति जारी गर्दै उनको मृत्युको पुष्टी गर्दै लेखेका छन्, ‘अत्यधिक दुःखका साथ हाम्रा बुवा विपिन रेशमियाको १८ सेप्टेम्बरमा निधन भएको जानकारी गराउँदछौं ।'

विपिन रेशमिया फिल्मका निर्माता-संगीतकार थिए ।

उनले 'द एक्सपोज' (२०१४) र 'तेरा सुरुर' (२०१६) जस्ता फिल्महरू निर्माण गरेका थिए । उनले रिलिज हुन नसकेको ‘इन्साफ का सुरज’ (१९९०) को लागि पनि संगीत दिएका थिए । २०२१ मा, हिमेशले 'इन्डियन आइडल' को सेटमा खुलासा गरेका थिए कि उनका बुबाले एउटा गजबको गीत रचना गरेका थिए, जसलाई लता मंगेशकर र किशोर कुमारले गाएका थिए तर यो गीत कहिल्यै रिलिज भएन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै