२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओलीविरुद्ध नाराबाजी गर्दै नेशनल डे कन्सर्टमा हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त, प्रहरीले जिल्ला अदालतमा बुझाउँदै

४ आश्विन २०८१, शुक्रबार ०६:१३

असोज ४, काठमाडौँ । संविधान दिवसको अवसरमा दरबारमार्गमा आयोजित कन्सर्टका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका बालेन शाहका समर्थकमध्ये एक जना फरार ज्यान मुद्दाका अभियुक्त रहेको खुलेको छ। प्रहरीका अनुसार तिलक खड्का नाम गरेका ती व्यक्ति बझाङको मस्टा-३ निवासी हुन् र हाल माछापोखरीमा बस्दै आएका थिए। उनी ज्यान मुद्दामा फरार अभियुक्त रहेको प्रहरीको रेकर्डमा देखिएको छ।


काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार, तिलक खड्का चार महिनाअघि त्रिचन्द्र कलेजमा भएको झगडामा इँटा प्रहार गरी एक विद्यार्थीलाई घाइते बनाएको आरोपमा ज्यान मुद्दाका फरार अभियुक्त हुन्। खड्कालाई दरबारमार्गमा पक्राउ गरिएका अन्य तीन जनासँगै नियन्त्रणमा लिइएको हो।

प्रहरीले दरबारमार्ग क्षेत्रमा प्रधानमन्त्री ओलीको उपस्थितिमा भएको नेशनल डे कन्सर्टका क्रममा ‘बालेन ! बालेन !’ भन्दै नारा लगाएका चार जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये तीन जनालाई शुक्रबार साँझ नै छाड्ने तयारी भएपनि खड्कालाई पुरानो ज्यान मुद्दामा आवश्यक कानूनी कारबाहीका लागि अदालतमा पेश गरिने बताइएको छ।

प्रहरीले खड्का इन्द्रजात्रामा हुलदंगा गरेका कारण निगरानीमा राखेको थियो। कन्सर्टका बेला प्रधानमन्त्रीको नाम लिएर अश्लील नाराबाजी गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला