२८ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…

४ आश्विन २०८१, शुक्रबार ०६:२३

असोज ३, काठमाडौँ । प्रतिबन्धित सोसल मिडिया प्लेटफर्म एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा मच्चिएको छ ।

बुधबारबाट अचानक मोबाइलमा एक्सले काम गर्न थालेपछि सरकार आक्रोशित बनेको थियो । सरकारको आलोचनापछि बिहीबार फेरि एक्सको सेवा पूर्णरुपमा बन्द भएको छ । एक्सका मालिक एलोन मस्कले पनि यस विषयमा स्पष्टीकरण दिनुपरेको थियो । 

एक्सलाई अघिल्लो महिना ब्राजिलमा प्रतिबन्ध लगाइएको थियो । ब्राजिलका मानिसहरूले एक्स प्लेटफर्ममा पहुँच गर्न सक्दैनन् र यदि तिनीहरूले यसका लागि भिपीएनआदि प्रयोग गर्छन् भने, उनीहरूले भारी जरिवाना पनि भोग्नुपर्ने चेतवानी सरकारले दिएको छ ।


प्रतिबन्धमा रहेकै बेला चलन थालेपछि सरकारले यो कदमलाई निलम्बनको जानाजानी उल्लङ्घन मानेका छन् । एक्सले भने अस्थायी रुपमा चलेको र यो अहिले बन्द गरिएको स्पष्ट गरेको छ ।

एक्स चलेको खबरपछि न्यायाधीश अलेक्जेन्डर डे मोरेसले राज्यको दूरसञ्चार एजेन्सी एनाटेललाई नेटवर्कमा पहुँच रोक्न आवश्यक कदम चाल्न पनि आदेश दिएका थिए । गत अप्रिलमा जब सर्वोच्च अदालतका न्यायाधीश अलेक्ज्याण्डर डी मौरियासले ‘एक्स’ मा अनुसन्धान गर्न आदेश दिएका थिए त्यसपछि एक्स र ब्राजिल सरकार आमने सामने भएका थिए । 

ब्राजिलमा एक्सका २२ मिलियन प्रयोगकर्ता भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेसँग आजदेखि लिखित बयान लिन सुरु जापानका नगर प्रमुखलाई बालेनले दिए ढाका टोपी र देशे मरुझ्याःको प्रतिकृति उपहार कर्णाली याक्सले ‘ट्यालेन्ट हन्ट’मार्फत खेलाडी छनोट गर्ने रास्वपाको पत्रकार सम्मेलन स्थगित आत्म समीक्षा सहित जनताको घर–घरमा पुग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन सुनको मूल्य घट्दा चाँदी बढ्यो प्रधानमन्त्री ओली आज जुम्ला जाँदै ट्रम्पले मस्क र रामास्वामीलाई सुम्पिए महत्वपूर्ण जिम्मेवारी दुई संसदीय समितिको बैठक आज बस्दै स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध यस्तो छ, बुधबारको विदेशी मुद्राको विनिमय दर रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै यु–१९ महिला विश्वकप छनोट : अन्तिम खेलमा आज नेपाल युएईसँग खेल्दै आजको मौसमः देशका अधिकांश भूभागमा मौसम सफा रहने पूर्वमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति महसुल नतिरेका उद्योगको लाइन जोड्ने र महशुल बक्यौता असुल गर्ने प्राधिकरण बोर्डको निर्णय पूर्वमन्त्री अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा थप दुई पक्राउ मतियार र बिचौलियासँग कहिल्यै सम्झौता गर्दिन : मन्त्री पाण्डे बैदेशिक रोजगारमा विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने ३ जना पक्राउ अपर तामाकोशीमा करोडौं मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ?