२४ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

समितिसमक्ष छविलालको बयान : रकम कसरी आयो भन्नेबारे गोरखा मिडियाको बोर्ड बैठकमा सल्लाह भएन(बयानको पूर्णपाठ)

४ आश्विन २०८१, शुक्रबार १०:३७

असोज ४, काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा गोरखा मिडिया प्रालिका तत्कालीन सेयर होल्डर तथा पूर्वडीआईजी छविलाल जोशीले सहकारीको रकमबारे आफू जानकार नभएको दाबी गरेका छन्।

जोशीले समितिसमक्ष बयान दिँदै आफूले कुनै पनि सहकारीबाट रकम नलिएको र सेयर बापत कुनै रकम पनि नदिएको बताएका छन्। “जीबी राई संलग्न कुनै पनि सहकारीबाट मैले कुनै रकम लिएको छैन,” जोशीले स्पष्ट पारेका थिए। उनले गोरखा मिडियामा रहेका ४ लाख २० हजार कित्ता सेयर आफ्नो नाममा देखिए पनि यसबारे आफू अनविज्ञ रहेको दाबी गरे।

‘४ लाख २० हजार कित्ता सेयर तपाईंको नाममा देखिन्छ । पूर्वडीआईजी जस्तो मान्छेले कम्पनी रजिस्ट्रारको कार्यालयमा सेयर लगत कायम गराउने गरी भएको कम्पनीको माइन्युटमा किन हस्ताक्षर गर्नुभयो ?’ भनेर सोधिएको प्रश्नमा जोशीले ‘सबै कुरा जीबीले मिलाएको’ जवाफ दिएका छन् ।

जोशीले भनेका छन्, ‘गलत काम गर्नुहुन्न भन्ने जानकारी मलाई छ । सेयर बापत मैले कुनै रकम दिएको छैन । यस विषयमा मलाई जानकारी भएन । जीबी राईले आफैं मिलाउनुभएको हो ।’

त्यसैगरी रकमबारे गोरखा मिडियामा छलफल पनि नभएको उनको भनाइ छ ।

‘रवि लामिछाने सेयर होल्डर र म्यानेजिङ डाइरेक्टर भएर ग्यालेक्सी फोरके टेलिभिजनमा सर्वेसर्वा हुनुभयो । यो रकम कुन प्रयोजनका लागि कसरी आयो भन्ने विषय बोर्डको मिटिङ, माइन्युट र सरसल्लाह केही भएन,’ जोशीले बयानमा भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकल पार्किङको विषयमा झगडा हुँदा एक जनाको मृत्यु स्रोत नखुलेको रकमसहित एक जना पक्राउ भिड्न आउँछु भन्नेलाई म स्वागत गर्छु: केपी शर्मा ओली नेपाल–भारत सीमामा हतियारसहित एकजना पक्राउ नेपालको सबैभन्दा पुरानो पार्टी पनि कांग्रेस हो र सबैभन्दा नयाँ पार्टी पनि कांग्रेस नै हो: सभापति थापा सिरिन्ज आक्रमणबाट एक जनाको मृत्यु सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै सुनचाँदीको मूल्य घट्यो कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन: देवराज चालिसे कारको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु नेप्से परिसूचक २७.१९ अंकले बढ्यो प्रधानमन्त्री कार्की र केपी शर्मा ओलीबीच भेटवार्ता ट्याक्टरले किचेर एक जना मजदुरको मृत्यु निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह रवि लामिछाने आज चितवन जाने झापा–५ मा बालेनको सम्पर्क कार्यालयमा तोडफोड सुनचाँदीको मुल्य घट्यो नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट काँग्रेसमा नयाँ अनुहार आए,नयाँ भिजन आएन: पृथ्वीसुब्बा गुरुङ संघीयताको भावना अनुसार सरकारले काम गर्न सकेन: कृष्ण प्रसाद सिटौला