२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कान्तिपुरलाई रविको चुनौती-सारा जनताले हेर्ने गरी तिम्रो प्राङ्गणमा लाइभ गर्ने व्यवस्था गर्नु

२०८१, ९ आश्विन बुधबार ०८:०८

असोज ९, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर मिडियाप्रति फेरि आक्रोश व्यक्त गर्नुभएको छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका पूर्व डीआईजी छविलाल जोशीले बयानका क्रममा लामिछाने मुख्य योजनाकार भन्ने बयान दिनुभएको भन्दै समाचार कान्तिपुरले प्रकाशित गरेपछि लामिछाने आक्रोशित बन्नु भएको हो ।

रविले लेखेकाे स्टाटस-

हिजो राती दिएको बयान हिजै कान्तिपुरले पाइसकेछ। आजै छापीपनि सकेछ। बयान पनि कस्तो ठ्याक्कै कान्तिपुरलाई चाहिएको जस्तै फेरि? संसदीय समितिमा छविलाल जोशीका बयानको मसि सुकेको छैन। महिना दिन अघिका ताजा बयान लिखित रुपमा सार्वजनिक छन्। कान्तिपुरको नियत बारे त मैले फेरि भनिराख्नु परेन। गलत लेख्ने फेरि माफी माग्ने, फेरि अफवाह लेख्ने , फेरि माफी माग्ने।

मलाई कसरी फसाउन सकिन्छ भनेर रचिदै गरेको षड्यन्त्र बारे कान्तिपुरले आज Question Out गरेछ, सुचना चुहाएर हाम्रो आशंकालाई सहि सावित गराएछ। जसरी खोया काण्डमा पहिले नै समाचार लेखियो र पछि माफी पनि मागियो। सहकारी ठगीमा संलग्न नभएको मान्छे सहकारी ठगीमा प्रतिवादी कसरी हुन्छ? पत्रीकाको First पेज देखि Last पेज सम्म रवि रवि रवि लेखेर हुने हो र? यस्तो घिन लाग्दो मिडिया ट्रायल कान्तिपुरले गर्नु नौलो कुरा होइन। एउटै समाचारले मान्छेको करियर सक्काउन सक्छु भन्ने घमण्डले चुर कान्तिपुरले आफ्नो पुरै शक्ति र सम्पत्ति मेरा विरुद्ध लगाउछु भनेको जानकारी मलाई छ।न्याय र सत्य पनि किन्छु भन्दा आज कहाँ पुग्यो कान्तिपुर। इतिहासमा लोकतन्त्रको पक्षमा सबैभन्दा धेरै लेख्ने मिडिया कान्तिपुर भन्थे तर आजको मितिमा सबै भन्दा बढि अफवाह फैलाउने र माफी माग्ने मिडिया कान्तिपुर प्रमाणित भएको छ। उसले लाज पचाएर माफि नमागेका समाचार त कति छ्न् कति। म त सामान्य संचारकर्मी बाट देशको उपप्रधानमन्त्री मन्त्री र २१ सांसद सहित चैथो दलको नेता सम्म भैसकें। एउटा आम मान्छेका लागि यो आफैमा गौरव हो। म यहि मोडमा हारें भनेपनि त्यति तल झर्दिन जति तल आज त्यत्रो गौरव बोकेको कान्तिपुर झरिसक्यो। मेरो लडाइ त बाँकी छ, तर त्यो कान्तिपुर सँगै होइन।

अब सरकारले जवाफ दिनुपर्छ, कान्तिपुरलाई खुसी नपारी बाँच्न नपाइने हो? तिम्रो मालिक कान्तिपुर होला मेरा मालिक जनता हुन्। समिति, प्रहरी, अदालत भन्दा कान्तिपुर ठुलो हो भने ठिक छ। म कान्तिपुरसँग कुरा गर्न आउँछु। आफ्ना भए भरका पत्रकार र प्रश्न ठिक पारेर राख्नु। सारा जनताले हेर्ने गरी तिम्रो प्राङ्गणमा वा सार्वजनिक स्थानमा LIVE गर्ने व्यवस्था गर्नु। परेको जिम्मा सरकारले र कान्तिपुरले लियोस्। यो अत्याचार विरुद्ध म लड्छु।

यदि यसो होइन भने, सरकारले तुरुन्तै आज कान्तिपुरमा प्रकाशित समाचारको खण्डन गरोस् र भ्रम छर्ने कान्तिपुरलाई तुरुन्तै कारबाहीको दायरामा ल्याओस्। अब कान्तिपुरले मागेको माफीले मात्रै पुग्दैन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन