२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडीमा भोली देखि रामलिला शुरु

२० कार्तिक २०७३, शनिबार ०९:१५

विमल धामी | कार्तिक २०, बेल्डाँडी | कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडीमा रामलिलाको अन्तिम तयारी गरिएको बेल्डाँडी शिद्धनाथ रामलिला समितिले जनाएको छ । आईतवार देखि बेल्डाँडी नपा–१ शिद्धनाथ प्राविको प्राङगणमा रामलिला हुने भएको छ । आईतवार साझ ४ बजे सासंद ब्यवस्थापिका सदस्य दिवान सिह बिष्टले रामलिला समारोह उदघाटन गर्ने कार्यक्रम तय भएको समितिले जनाएको छ ।

बेल्डाँडीमा लगभग १ दशक पछि रामलिला हुनलागेको मुल समितिका अध्यक्ष दिर्घ बहादुर शाहले जानकारी गराउनु भयो । यहाँका समाजसेविहरुको सकृयतामा रामलिला हुनलागेको बताए । समाजलाई आर्दश रामजस्तै बन्न प्रेरित गर्न र हिन्दुत्व जर्गेनाका लागि रामलिलाले योगदान पु¥याउने शाहले बताए ।

‘ आर्दश रामको जिवन चरित्रमा समाजलाई उर्तानका लागि पनि रामलिलाको महत्वपुर्ण योगदान हुन्छ ।’ उनले भने ‘सनातन हिन्दु धर्मको संरक्षण गर्नुका साथै समाजमा दिन प्रतिदिन फैलिन लागेको दानव प्रथाको यसले अन्त्य गर्नुका साथै समाजमा शान्ती सदभावमा समेत टेवा पुग्ने बताए ।’ राती सितलहर हुनेहुनाले सबै दर्शकका लागि टेन्टको ब्यवस्था गरिएको छ । रामलिला हेर्न दर्शकहरुका लागि स–शुल्क कुर्सीको ब्यवस्था समेत गरिएको आयोजकले जनाएको छ । कार्यक्रमलाई सभ्य र भव्य बनाउन कार्य धमाधम चलिरहेको छ  । 

समितिका सदस्य युवा धन सिह बिष्टले भने ‘यस ठाउँमा हुनलागेको राममलिलामा सबैले आफन्त्वो सम्झेर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्नेमा जोड दिएका थिए ।’ रामको जस्तो मर्यादित अव यहाँका सबैले हुनपर्नेमा उनको जोड रहेको छ । रामलिला मन्चनका प्रमुख प्रशिक्षक चामु ओडले पात्रहरुलाई पुर्ण तालिम दिई सकेको बताए । 

रामलिला मुल समिति  दिर्घ बहादुर शाहको अध्यक्षतामा ३६ सदसिय समिति गठन गरिएको छ भने लोकराज उपाध्यायको संयोजत्तोमा ५ सदसिय सल्लाहकार समिति रहेको छ । रामलिला सबैको भएकाले यसमा सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने समेत आयोजकले अनुरोध गरेको छ । बेल्डाँडीमा रामलिला महोत्सव हुने तयारीले सबैमा रौनक छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य