३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

अखिल क्रान्तिकारी सम्मेलनमा आज पनि झडप, हलमा हात हालाहाल

१५ आश्विन २०८१, मंगलवार ११:४६

असोज १५,  काठमाडौँ । अखिल क्रान्तिकारीको २३ औं सम्मेलनमा आज पनि झडपको स्थिति उत्पन्न भएको छ । उमेर हद कायम गर्नुपर्ने र गर्न हुँदैन भन्ने पक्ष बीचमा सम्मेलनमा हलमा हात हालाहाल भएको हो ।

सात जिल्लाको प्रतिनिधि विवाद टुंगाएर निर्वाचन समितिले उमेर हदका लागि निर्वाचन गर्ने तयारी गरिरहेको बेला दुई पक्ष वीच विवाद भएको हो । विवादले गर्दा उमेर हद लागु गर्ने/नगर्ने टुंगो लगाउनका लागि हुने निर्वाचन सुरु हुन सकेको छैन ।

‘दुई पक्ष वीचमा हात हालाहाल, कुर्ची हानहानको स्थिति पैदा भएको छ। उमेर हद कायम गर्ने र गर्नहुँदैन भन्ने पक्षको विवाद आज पनि देखियो,’ अखिल क्रान्तिकारीका एक पूर्व पदाधिकारीले भने,‘लगभग प्रतिनिधिको विवाद टुंगिएको थियो । निर्वाचन समितिलाई प्रतिनिधिहरु टुंगाएर हस्तान्तरण गर्दा समेत मतदान सुरु हुन सकेन ।’

दुई पक्षको विवाद टुंगाउनका लागि पार्टीले उपमहासचिव शक्ति बस्नेतलाई सम्मेलन हलमा खटाएको छ । बस्नेतले दुई पक्षको विवाद मिलाउने प्रयास गरेपनि सम्भव हुन नसकेको क्रान्तिकारीका विद्यार्थी नेताहरुले बताएका छन् ।१० असोज देखि जारी सम्मेलन हिजो सक्ने भनिएपनि थप लम्बिएको छ । उमेर हदको विषयले विवाद भएपछि नयाँ कमिटीको निर्वाचन समेत अन्योलमा परेको छ । विवाद देखिएकाले मिलाउने प्रयत्न भइरहेको संगठनका प्रवक्ता जीपी मैनालीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड