ललित बोहरा / २० कार्तिक डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक शनिबार सेपाक ताक्रो खेलको नमुना अभ्यास गरिएको छ । तिन जनाको एक समुह बनाई खेलिने सेपाक ताक्रो खेल सातौ राष्ट्रिय प्रतियोगिताको तायारी स्वरुप नमुना अभ्यास गरिएको हो । खेलकुद विकास समिती डडेल्धुरा अन्तर्गत नेपाल "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा / २० कार्तिक डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक शनिबार सेपाक ताक्रो खेलको नमुना अभ्यास गरिएको छ । तिन जनाको एक समुह बनाई खेलिने सेपाक ताक्रो खेल सातौ राष्ट्रिय प्रतियोगिताको तायारी स्वरुप नमुना अभ्यास गरिएको हो । खेलकुद विकास समिती डडेल्धुरा अन्तर्गत नेपाल "/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा पहिलो पटक आज सेपाक ताक्रो खेलको नमुना अभ्यास

२० कार्तिक २०७३, शनिबार १३:०५

ललित बोहरा / २० कार्तिक डडेल्धुरा । डडेल्धुरामा पहिलो पटक शनिबार सेपाक ताक्रो खेलको नमुना अभ्यास गरिएको छ । तिन जनाको एक समुह बनाई खेलिने सेपाक ताक्रो खेल सातौ राष्ट्रिय प्रतियोगिताको तायारी स्वरुप नमुना अभ्यास गरिएको हो । खेलकुद विकास समिती डडेल्धुरा अन्तर्गत नेपाल सेपाक ताक्रो जिल्ला संघ डडेल्धुराको आयोजनामा नमुना अभ्यास गरिएको हो । बिरेन्द्र बिद्या मन्दिर उच्च मावि कैलालीका खेलाडीले खेलकुद विकास समिती डडेल्धुराको खेल मैदानमा नमुना अभ्यास गरेका थिए । सानो मैदानमा कम जनशक्ति, कम खर्चिलो एवं सरल तवरबाट खेल सञ्चालन गर्न सकिने हुदा पहाडी जिल्लामा राम्रो सम्भावना भएका कारण डडेल्धुरामा नमुना अभ्यास गरिएको हो । २०७२ सालमा नेपालले यस खेललाई राष्ट्रिय खेलमा समावेस गरेका थियो ।

     यो खेललाई सातौ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेस गरिएको छ । अभ्यास खेलमा केही समय अघि थाईल्याण्डमा भएको प्रतियोगितामा नेपालबाट सहभागी तथा अबको केही समय पछि श्रीलंकामा हुने प्रतियोगितामा महिला टोली बाट छनौट भएका एक÷एक जना खेलाडी सहित नौ जनाको सहभागिता थियो । थाईल्याण्डमा भएको प्रतियोगितामा सेपाक ताक्रोमा नेपालले तेस्रो स्थान ल्याएको थियो । सेपाक ताक्रो खेललाई काठ्माण्डौ, पोखरा, ईटहरीमा विस्तार गर्न केन्द्रले समपुर्ण खर्च व्यहोर्ने गरी मुख्य प्रशिक्षक राम बहादुर थापालाई सात दिन, १५ दिनको तालिम प्रदान गर्ने गरीएको छ । सुदुरपश्चिम राज्यको हरेक स्तरमा स्थान नपाउने भएकाले  सुदुरपश्चिममा यस खेलको विस्तराका लागी आफै लागी परेको सेपाक ताक्रो संघका केन्द्रिय उपाध्यक्ष अर्जुन ठकुल्लाले बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो