२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बगलुङको खुङ्खानीमा सामुदायिक स्वास्थ्य ईकाईको उद्घाटन

२० कार्तिक २०७३, शनिबार १५:५०

खेमराज अर्याल | कात्तिक २०, बागलुङ | बागलुङ खुङ्खानी गाँउ विकास समितिको नर्जाखानीमा सामुदायिक स्वास्थ्य ईकाईको स्थापना सँगै आज उद्घाटन गरीएको छ । स्वास्थ्य ईकाईको जिल्ला जनस्वास्थ्य कार्यलय बाग्लुङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले उद्घाटन गर्नु भएको हो । 

उद्घाटनपछी श्रेष्ठले जिल्लाको दुर्गम क्षेत्र खुङ्खानीमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गर्दा खुसी लागेको बताउनु भएको छ । उहाँले नर्जाखानीमा स्वास्थ्य इकाई स्थापना भएपछी त्यहाका स्थानियलाई सामान्य स्वास्थय सेवा प्राप्त गर्न सहज हुने बताउनुभयो । 

नर्जाखानीमा सामुदायिक स्वास्थ्य इकाई स्थापना सँगै खुङ्खानी गाँउ विकास समितिको वडा नम्बर ७, ८ र ९ का जनतालाई  स्वास्थय सेवा लिन सहज हुने भएको छ । कार्यलयमा १ जना अहेव र १ जना अनमी रहेका छन् । स्वास्थ्य इकाइको स्थापना भएपछी त्यहाँका स्थानियवासी हर्षित भएका छन् ।

उद्घाटन कार्यक्रममा शान्ति माध्यमिक विद्यालय खुङ्खानीका शिक्षक सरोजकुमार छन्त्याल ,बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक विष्नु प्रसाद मिश्र , स्थानिय सुरेन्द्र छन्त्याल , शान्ति माविका शिक्षक हिरा बहादुर छन्त्याल, आधारभुत निम्न माध्यमिक विद्यालयका प्रध्यानाध्यापक ओम प्रसाद छन्त्याल ,स्थानिय समाजसेवी नर वहादुर शिर्पाली , महिला स्वास्थय स्वया सेविका नरकुमारी सिर्पाली लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रम खुंखानी वडा नम्बर ६ का वडा नारीक मञ्च अध्यक्ष कुल वहादुर छन्त्यलको अध्यक्षता स्थानिय खिम बहादुर विक को स्वागत मन्तब्य र स्थानिय लाल वहादुर छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैविच आजै सामुदायिक स्वास्थ्य ईकाइ सञ्चालन समिति पनि गठन गरीएको छ । स्थानिय चित्र बहादुर छन्त्यालको अध्यक्षतामा ८ सदस्यिय समिति गठन गरिएको हो । जसको अन्य सदस्यहरुमा दिपक पौडेल , भिमकुमारी छन्त्याल , प्रेमदबी रसाईली , टोप बहादुर शिर्पाली , लोक बहादुर छन्त्याल, ओम प्रसाद छन्त्याल र सदस्य सचिवमा स्वास्थ्य इकाईकी अहेव लक्ष्मी छन्त्याल रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता