२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोट फुटाउने षड्यन्त्र भएको भन्दै सामाजिक सञ्जालमा तिव्र आलोचना

२१ कार्तिक २०७३, आईतवार ०३:२८

कृष्ण कँडेल, कात्तिक २१, बागलुङ । गलकोटको हटियामा भएको सर्वदलिय बैठकले गलकोटका १२ ओटा गाविसलाई समेटेर नगरपालिका बनाउन दवाव दिन कात्तिक २२ गते जिल्लामा डेलिकेशन जाने निर्णय गरेको छ । 

गलकोट स्तरका राजनैतिक दल र सरोकारवासहितको बैठकले गलकोटलाई पहिलेदेखि नै विभाजन गरेर पछाडि पारिएकोमा स्थानिय निकाय गठनमा पनि फेरी फुटाउने षड्यन्त्र भएको निष्कर्ष निकालेको छ । विगतमा निर्वाचन क्षेत्र निर्धारणदेखि नै फुटाएर राजगर्ने क्रम सुरु भएको र पछिल्लो पटक बन्न लागेको पुरै गलकोट समेटिएको बलियो नगरपालिका बने जिल्लामै नमुना बन्ने देखेर आँखा गाडिएको बैठकको निष्कर्ष छ । 

बैठकले रिघा र पाण्डवखानी सहित माथिल्लो गलकोटका तारा, हिल, अर्गल र अमरभुमिलाई गलकोट नगरपालिकामा राख्नुपर्ने उनिहरुको माग छ । पछिल्लो प्रश्तावमा माथिल्लो गलकोटको ताराखोला क्षेत्रका हिल, अर्गल, अमरभुमि र तारा गाविसलाई छुट्टै गाउँपालिकामा प्रश्ताव गरिएको छ । रिघा र पाण्डवखानीलाई खर्बाङ तिरको गाउँपालिकामा राखिएको छ । सल्यान र सुखौरालाई छुट्याएर बाटाकाचौर तिर प्रश्ताव गरिएको छ । गलकोटमा मात्र ६ ओटा गाविस हटिया, हरिचौर, मल्म, काँडेवास, नरेठाँटी र दुदिलाभाटीलाई एउटा गाउँपालिका प्रश्ताव गरिउको छ । 

जिल्ला प्रविधिक समितिको यस अघिको सिफारिस लाई नै निरन्तरता दिन दवाव दिने निर्णय भएको नेकपा एमाले गलकोट विशेष ईलाका समितिका अध्यक्ष बुलबहादुर केसीले बताउनुभयो । डेलिकेशनका लागि नेकपा माओवादी केन्द्रका नेता फमलाल निउरेको संयोजकत्वमा सर्वदलिय समिति गठन गरिएको छ । 

कार्तिक २२ गते जिल्लामा डेलिकेशन जाने निर्णय भएको हो । आ–आफ्नो पार्टि च्यानल मार्फत जिल्ला र केन्द्रिय नेतृत्वलाई पनि दवाव दिने निर्णय भएको डेलिकेशन समितिका संयोजक फमलाल निउरेले जानकारी दिनुभयो । गलकोट साझा पहिचान सहितको ऐतिहाँसिक, प्राकृतिक, सांस्कृतिक लगायतका धेरै सम्भावनाले महत्वपुर्ण स्थान भएकाले यसलाई कुनैपनि सर्तमा छुट्याउन नहुने भन्दै त्यसो गरिएको जुनसुकै खालको संघर्ष गर्न तयार रहने नेताहरुले बताएका छन् । 

नेपाली काँग्रशका यामबहादुर श्रीस, मञ्जु चालिसे, सुरेन्द्रबम मल्ल, योगेश भण्डारी तथा नेकपा एमालेका ओमबहादुर सुनार, रामबहादुर खत्री, मिनबहादुर खत्रीको उपस्थिती थियो । त्यस्तै नेकपा माओवादी केन्द्रका तिलक उप्रेती, गुमानसिंह बुढाथोकी, चन्द्रदत्त रेग्मी, जीवनन भण्डारी तथा राष्ट्रिय जनमोर्चाका बेदिलाल सापकोटा टंकबहादुर केसी, पदम श्रेष्ठ नेकपा क्रान्तिकारी माओवादीका बाबुराम नेपाली लगायतको उपस्थिती रहको थियो । 

गलकोटलाई छुट्याउने गरि जिल्ला प्राविधिक समितिले गाउँपालिका प्रश्ताव गरेपछि समग्र गलकोट एउटै हुनुपर्ने मत राख्नेहरुले सम्पुर्ण गलकोटको एउटै आवाज, समग्र गलकोट एउटै नगर भन्दै सामाजिक सञ्जल फेसवुकमा अभियान नै चलाएका छन् । फेसवुकमा यस अघि बागलुङ जिल्लालाई छुट्याउने गरि गरिएको राज्यपुनसंरचनाको निर्णयलाई खारेज गर्न माग गर्दै गलकोटले गरेका विभिन्न आन्दोलनको स्मरण गर्दै त्यतिवेलाका फोटो पोष्ट गरिएको छ ।  उनिहरुले गलकोट फुटाउने षड्यन्त्र गर्नलाई पहिचान गरि भण्डाफोर गर्ने चेतावनी दिएका छन् । समाजिक सञ्जाल मार्फत गलकोटको प्रगतिका लागि एउटै गलकोट बनाउन सवै जुट्न अह्वान गरिएको छ । 

गलकोटसँग सम्बन्धित संघ संस्थाले पनि सामुहिक रुपमा एउटै गलकोट बनाउन सामाजिक सञ्जालमा अभियान नै सञ्चालन गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य