२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा नौ पालिकामा ७५ वटा वडामा सहमति (कुन गाविस कुन गाउँपालिकामा तालिकासहित)

२०७३, २१ कार्तिक आईतवार ०७:३२

कात्तिक २१, दोलखा । दोलखालाई दुई नगरपालिका र सात गाउँपालिका गरी नौ पालिका बनाउने गरी राजनीतिक दलबीच सहमति भएको छ । 

जिल्लाभरिमा ७५ वटा वडा कायम गरिएको जिविस दोलखाले जनाएको छ । 

यसअघि एक नगरपालिकासहित आठ गाउँपालिका बनाउने निर्णय भए पनि राजनीतिक दलबीच सहमति बन्न नसक्दा अन्त्यमा दुई नगरपालिकासहित सात गाउँपालिकामा आएर सहमति बनेको हो । 

शनिबार साँझ बसेकोे बैठकले जिरीलाई नगरपालिका नै कायम गर्दै दुई नगरपालिका र सात गाउँपालिकामा ७५ वटा वडाको टुङ्गो लगाउँदै स्थानीय निकाय पुनःसंरचना आयोगलाई सिफारिस गर्ने सहमति गरेको हो । 

नौ वटा पालिकाभित्र सिमाना, वडा र पालिकाको केन्द ्रसमेत टुङ्गो लागेको भए पनि केहीमा सामान्य विवाद देखिएको छ । यसअघि आयोगले तोकेको सात वटा नगरपालिका तथा गाउँपालिकाको सङ्ख्यामा राजनीतिक दलको सहमति बन्न नसकेपछि जिल्लास्तरीय प्राविधिक सहयोग समितिले सबैको सहमतिमा नौ पालिकाको सिफारिस गरेको थियो । 

कुन पालिकामा कुन कुन गाविस र केन्द्र 

मेलुङ गाउँपालिका ः केन्द्र भेड्पु, डाँडाखर्क, मेलुङ, भेड्पु, घ्याङसुकाठोकर, पवटी र शैलुङ गाविस, शैलुङ गाउँपालिका ः केन्द्र फोक्टे, फस्कु, काटाकुटी, मागापौवा, भुसाफेदा र दूधपोखरी गाविस, भीमेश्वर नगरपालिका ः केन्द्र चरीकोट, भीमेश्वर नगरापलिका – बोच, लाँकुरीडाँडा र सुष्पाक्षमावती गाविस, कालिञ्चोक गाउँपालिका ः आहाले केन्द्र – सुन्द्रावती, सुनखानी, बाबरे, कालिञ्चोक, लापिलाङ र लामीडाँडा गाविस, बिगु गाउँपालिका ः केन्द्र चिहानडाँडा – बिगु, आलम्पु, चिलङ्खा, लादुक, बुलुङ, ओराङ, लामाबगर र खोपाचागु गाविस, गौरीशङ्कर गाउँपालिका ः केद्र भोर्ले – गौरीशङ्कर, खारे, मार्बु, चंखु, सुरी, झ्याँकु र जुँगु गाविस, बैतेश्वर गाउँपलिका ः केन्द्र पाडु – क्षेत्रपा, नाम्दु, काब्रे, मिर्गे र गैरीमुदी गाविस, जिरी नगरपालिका ः केन्द्र जिरी – जिरी नगरपालिका र श्यामा गाविस, तामाकोसी गाउँपालिका ः केन्द्र मानेडाँडा – झुले, जफे, मालु, सहरे, च्यामा, हावा र भिरकोट गाविस रहेका छन् । रासस, भक्त केसी 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै