२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा पन्ध्र स्थानीय तह बनाउने प्रस्ताव

२१ कार्तिक २०७३, आईतवार ०७:४१

कात्तिक २१, नवलपरासी ।  नवलपरासीमा १५ स्थानीय तह बनाउने प्रस्ताव दलहरुलाई अघि सारिएको छ । 

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति नवलपरासीका अनुसार जिल्लामा सात नगरपालिका र आठ गाउँपालिका बनाउने प्रस्ताव राखिएको छ ।

जनसङ्ख्या र भूगोललाई समेत ध्यान दिएर र जनताले सहज सुविधा पाउने गरी १५ स्थानीय तह बनाउने गरी प्रस्ताव ल्याइएको समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी लालकृष्ण शर्मा पौडेलले बताउनुभयो । यद्यपि नवलपरासीमा समितिले दलबीच यस्तो प्रस्ताव ल्याए पनि मधेसकेन्द्रित दलको असहमतिका कारण सहमति जुट्न सकेको छैन । अन्य दलले सो प्रस्तावमा सहमति जनाइसकेका छन् । अब सबै दलको बैठक बोलाएर यसलाई अन्तिम रुप दिइने स्थानीय विकास अधिकारी एवम् समितिका संयोजक पौडेलले बताउनुभयो । 

भौगोलिक, प्रशासनिक सुगमता, स्रोत साधनको उपलब्धता, जनसङ्ख्या लगायत आयोगले तोकेको मापदण्डका आधारमा ती स्थानीय तहको प्रस्ताव गरिएको प्राविधिक सहयोग समितिले जनाएको छ । 

मधेस केन्द्रित दलहरु सीमाङ्कन लगायत विषय लिएर आन्दोलनमा रहेकाले जिल्लामा पनि त्यसको प्रभाव परेको छ । आफूहरुले उठाउँदै आएको सीमाङ्कन लगायत विषय सम्बोधन नभएसम्म पुनःसंरचना मान्य नहुने मधेसी मोर्चाका जिल्ला संयोजक मुकुरजी गिरीले बताउनुभयो । नवलपरासीको जनसङ्ख्यानुसार न्यूनतम ११ देखि १५ वटासम्म स्थानीय तह बनाउने सकिने अवस्था छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य