2026-09-08 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

कुष्माण्ड नवमी मेलाको सम्पूर्ण तयारी पूरा

कात्तिक २१, मकवानपुर । हेटौँडाको कुष्माण्ड सरोबर त्रिबेणीधाममा हरेक वर्ष लाग्ने कुष्माण्ड नवमी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । 

यही कार्तिक २४ गते बुधबारका दिन परेको यसवर्षको मेलामा  एक सय आठ धारामा स्नान तथा कुभिन्डो दान गर्न चाहने भक्तजनहरुका लागि विशेष व्यवस्थापन गरिएको समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।  

तयारी स्वरुप आज स्थानीय स्वयंसेवक तथा टोलबासीबाट सरसफाइ तथा रंगरोगनको काम सम्पन्न गरिएको छ । यसैगरी प्रचारप्रसारको काम स्वरुप आजै माइकिङको काम पनि गरिएको छ । भोलि पनि नेपाली सेनाको टोलीले अन्य कामको लागि सहयोग गर्ने अध्यक्ष न्यौपानेले बताउनुभयो । 

नेपालमा एकमात्र यस स्थानमा लाग्ने कुष्माण्ड नवमी मेलाको विशेष महत्व रहेकोले सो दिन कुभिन्डोमा सुनको प्रतिमा राखेर दान गरेमा पृथ्वी दान गरे बराबरको पुण्य प्राप्त हुने धामका मूल पण्डित देवी प्रसाद कोइरालाले बताउनुभयो । 

यस वर्ष विगतका वर्षहरुको भन्दा फरक आकर्षणका रुपमा कुष्माण्ड सरोबरको निर्माण भएको छ भने अन्य विकास काम हरु पनि तिब्र रुपमा अगाडि बढिरहेको छ । यस वर्ष पनि मेलामा हजारौँ भक्तजनहरुको सहभागिता रहने त्रिबेणीधाम विकास समितले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ