बिमल खड्का काक्तिक २१ बाग्लुङ उद्योग बाणिज्य संघ इकाइ बुर्तिबाङको आयोजनामा आज बुर्तिबाङमा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला प्राविधिक समितिले पछिल्लो समयमा सिफारिस गरेको बुुर्तिबाङ गाउँपालिकालाई नै नगरपालीकाको रुपमा घोषण"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  बिमल खड्का काक्तिक २१ बाग्लुङ उद्योग बाणिज्य संघ इकाइ बुर्तिबाङको आयोजनामा आज बुर्तिबाङमा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला प्राविधिक समितिले पछिल्लो समयमा सिफारिस गरेको बुुर्तिबाङ गाउँपालिकालाई नै नगरपालीकाको रुपमा घोषण"/>
२०८२, २९ चैत्र आईतवार
पर्बत - PBT

बुर्तिबाङमा सर्वदलीय बैठक सम्पन्न बुर्तिबाङलाई नगरपालिका बनाउनुपर्नेमा सवैको जोड

२०७३, २१ कार्तिक आईतवार १३:४८

 बिमल खड्का काक्तिक २१ बाग्लुङ उद्योग बाणिज्य संघ इकाइ बुर्तिबाङको आयोजनामा आज बुर्तिबाङमा सर्वदलीय सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकमा जिल्ला प्राविधिक समितिले पछिल्लो समयमा सिफारिस गरेको बुुर्तिबाङ गाउँपालिकालाई नै नगरपालीकाको रुपमा घोषणा गरिनुपर्ने भन्दै सर्वपक्षीय निर्णय गरेको छ ।

स्थानीय तह पुनर्संरचना आयोग अन्तरगतको जिल्ला प्राविधिक समितिले पछिल्लो समयमा इलाका नं १० का चार गाविस तथा भीमगिठे र दर्लिङ गरि ६ गाविसलाई समेटी बुर्तिबाङ गाउँपालीकाको प्रस्ताव बाहिर ल्याएको थियो । आज आयोजित उक्त बैठकले प्रस्तावित भूगोल र गाविसहरुमा सहमती जनाए पनि बुर्तिबाङलाई गाउँपालिका नभएर नगरपालिका बनाउनु पर्ने भन्दै उक्त निर्णय गरेको हो । स्रोत , साधन र भौतिक पूर्वाधारको हिसाबले पनि बुर्तिबाङलाई नगरपालिका बनाउनु पर्ने कुरामा यसभन्दा पहिला पनि पटक पटक स्थानीय राजनीतिक दल र सर्वपक्षीय निर्णय भएको भन्दै बुर्तिबाङलाई गाउँपालिका नभई नगरपालिका बनाउनु पर्ने निर्णय गरिएको नेकपा एमालेका ज्ञानप्रसाद कँडेलले बैठकको निर्णय पढेर सुनाउनु भएको थियो ।

उक्त बैठकमा नेपाली काँग्रेशका बान बहादुर छन्त्याल, नेकपा एमालेका ज्ञानप्रसाद कँडेल, नेकपा माओवादी केन्द्रका चन्द्र अर्याल, राष्ट्रिय जनमोर्चाको तर्फबाट गौरिश्वर पाण्डे, नेकपा माओवादीका हरि कुँवर, महिला प्रतिनिधि दुर्गादेवी घर्ती त्यसै गरि स्थानीय समाजसेवी तुल्सीराम अर्याल, दल बहादुर भण्डारी, नहकुल कुँवर, घनश्याम चालिसे, लालवीर लोप्चन, क्याम्पस प्रमुख कृष्णकान्त आचार्य लगायतले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । नेकपा एकीकृतका निल बहादुर पुनले भने आफ्नो पार्टीको आधिकारिक धारणा नरहेकाले अहिले केहि भन्न नमिल्ने बताउदै व्यक्तिगत रुपमा भने विरोध नरहेको खुलासा गर्नुभएको थियो । बैठकमा अन्य उपस्थित सबैले बुर्तिबाङ केन्द्र रहने गरि ढोरपाटन नगरपालिका नामाकरण गरि बुर्तिबाङलाई प्रस्तावित भूगोललाई नै समेटी नगरपालिका बनाउनु पर्नेमा जोड दिएका थिए । केही वक्ताहरुले यसका लागि अन्य गाविसका राजनीतिक दलहरुसंग पनि छलफल सहकार्य गरि साझा सहती बनाउँदा अझै राम्रो हुने सुझाव दिएका थिए । 

आजनै ईमले मार्फत जिल्ला प्राबिधीक समक्ष तथा आ आफना पार्टिका जिल्ला स्तरीय नेता समक्ष आफनो माग पठाईएको छ । यदि आफनो माग सुनुवाई नभएमा थप कार्यक्रम सहित अगाडि बदिने बताईएको हो । कार्यक्रम उधोग बाणिज्य सँघ ईकाई बुर्तिबाङका उपादक्ष निमलाल पाण्डेको अध्यक्षतामा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से