२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

थाहा नगरपालिकामा कार्यालय प्रमुख नहुँदा कामकाज ठप्प

२८ बैशाख २०७३, मंगलवार ०२:४३

वैशाख २८, मकवानपुर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा कार्यालय प्रमुख
नहुंदा कामकाज ठप्प भएको छ ।

विगत डेड महिना भन्दा वढि देखि
कार्यकारी अधिकृत बिहीन हुँदा सो नगरपालिकाका कामकाज ठप्प भएका हुन् । समान्य बाहेक महत्वपूर्ण कामकाज
प्रभावित भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

गत २०७१ माग १
गते नगरपालिकाको कार्यकारी अधिकृतको जिम्मेवारी लिएर आएका हरिलाल पुरी २०७२ चैत्र १५ गते नवलपरासी
जिल्लाको कावासोती नगरपालिकामा सरुवा भएर गएपछि करिव १ डेड महिना वितिसक्दा समेत कार्यलय प्रमुख नआउदा
नगरपालिकाको दैनीक काम कार्वाहीमा समस्या भएको हो ।

कार्यालय
प्रमुख नहुँदा आर्थिक महत्वपूर्ण काम नभएको, कर्मचारीले तवल समेत लिन नपाएको र विकास निर्माणका कामकाज
पनि पूर्ण रुपमा ठप्प भएको थाहा नगरपालिका प्रसाशन शाखाका प्रमुख अनिल लामिछानेले बताउनु भयो । ठुला
विकास निमार्णका योजना यथावत् नै छ सरकारले दिएको वृद्धा को लागि वृद्धा वत्ता समेत वितरण गर्न नसक्दा
वुढेस्कालका वृद्ध, वृद्धा हरुलाई ठुलो समस्या सामाना गर्नु परेको थाहानगरका प्राविधिक सुकदेव विडारीले
बताउनु भयो ।

विगत डेड महिना यता देखि कार्यालय प्रमुख नभए पछि
नगरपालिका वाट गरीने काम कार्वाही प्रभावित हुदै आएको र यस तर्फ सम्वन्धित निकायले भने बेवास्ता गरेको
भन्दै सर्वसाधारण तथा सेवाग्राही आक्रोषित भएका छन ।

यता यस
बारेमा कार्यालयले पटक पटक मौखिक जानकारी गराएपनि हाल सम्म सम्बन्धित मन्त्रलाय तथा विभागले कुनै चासो
नदेखाएको कर्मचारीहरुको गुनासो छ । अबको २,३ दिन भित्र प्रमुख पठाउने आश्वसन दिएकोले त्यतिन्जेल सम्म
कुर्ने र नपठाएको खण्डमा मन्त्रालयमा डेलिगेसन जाने तयारी गरिरहेको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष
लक्ष्मण विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली