२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

प्रस्तावित ६ गाविसलाई नगरपालिका बनाउन बुर्तिबाङको माग

२२ कार्तिक २०७३, सोमबार ०२:२५

कृष्ण कँडेल/कात्तिक २२, बगलुङ । बुर्तिबाङका राजनैतिक दलले पछिल्लो पटक प्रश्तावित बुर्तिबाङ सहित ६ गाविसको गाउँपालिकालाई नगरपालिका बनाउन माग गरेका छन् । 

जिल्लामा भएको सर्वदलिय बैठकमा शुक्रवार बुर्तिबाङ सहित राजकुत, बोबाङ, अधिकारीचौर, दर्लिङ र भिमगिठेलाई गाउँपालिका प्रश्ताव गरिएको थियो । आज बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईको संयोजनमा बुर्तिबाङमा भएको सर्वदलिय बैठकमा जिल्ला प्राविधिक सहयोग समितिको प्रश्तावप्रति आपत्ति जनाउँदै नगरपालिकाको लागि जिल्लामा दवाव दिने निर्णय गरेका छन् । 

३ लाख जनसंख्यालाई बसाउने गरि ५० रोपनी जग्गा लिएर बुर्तिबाङ नयाँ शहर बन्दै गरेको लगायत सम्पुर्ण पुर्वाधार पुग्ने भन्दै नगरपालिका बनाउनै पर्ने माग गरेका हुन् । पुर्वाधार, जनसंख्या, सुगमता लगात सवै मापदण्ड पुरा भएको अवस्थामा पनि नगरपालिका प्रश्ताव नगरिनु दुखद् रहेको नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य चन्द्र अर्यालले बताउनुभायो । 

यि ६ ओटा गाविसमा ३७ हजार १७३ जनसंख्या छ । नगरपालिकाको लागि ३१ हजार भए पुग्छ । उहाँले नगरपालिका सिफारिस नभए दवावका लागि जस्तोसुकै आन्दोलनमा जाने निर्णय भएको बताउनुभयो । 

‘बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ को प्रसासनिक तथा व्यापारिक केन्द्र नगरपालिका बन्न किन सकेन ? बुर्तिबाङ नगरविकास समितिका पुर्वअध्यक्ष तुलसिराम अर्यालले भन्नुभयो, नमुना शहर विकास बन्दैछ, एकीकृत सेवा केन्द्र, बन्दै गरेको जिल्ला अस्पताल, बैङ्क वित्तिय संस्था, मध्यपहाडी लोकमार्ग यि सवै पुर्वाधार विकास तिव्र गतिमा भईरहको छ ।’ 

अर्यालले जिल्लाको प्रशासनिक र राजनैतिक नेतृत्वको वेईमानीका कारण सवै मापदण्ड पुगेर पनि नगरपालिका प्रश्ताव नगरिएको आरोप लगाउनुभयो । 

यसअघि निसीखोलालाई पनि समेटेर अहिलेको प्रश्तावमा परेका भिमगिठे र दर्लिङलाई नराखि नगरपालिका बनाउनुपर्ने अडान राख्दै आएको नेपाली काँग्रेश पनि प्रश्तावित ६ ओटा गाविसलाई नै नगरपालिका बनाउन सहमत देखिएको छ । बैठकमा नेपाली काँग्रेशका प्रतिनिधि बानबहादुर छन्त्यालले भन्नुभयो, ‘अहिले मापदण्ड पु¥याएर नगरपालिका बनाउने कुरा प्रमुख हो, कुन गाविस कता राख्दा कस्ले बाजी मार्छ भन्ने कुरा गौण हो ।’

छन्त्यालले प्रश्तावित गाविसलाई नै नगरपालिका बनाउनुपर्छ भन्नेमा आफु पुरै सहमत रहेको बताउनुभयो ।  नेकपा एमालेका क्षेत्रीय संयोजक ज्ञानप्रसाद कँडेलले गाविस समेट्ने कुरामा पछिल्लो प्रश्तव उपयुक्त भएपनि सवैमापदण्ड पुग्दा पनि प्रश्तावमा नगरपालका नपर्नु अपत्तिजनक रहेको बताउनुभयो । 

राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य गौरिश्वर पाण्डेले सवै मापदण्ड पुरा हुने भएकाले नगरपालिका नै बनाउनुपर्ने भन्दै माग पुरा नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । 

महिला अगुवा दुर्गादेवि घर्तीले नगरपालिका नै बनाउनुपर्ने माग पठाउँदा पनि जिल्लाले गाउँपालिका प्रश्तव गरेकाले मान्ने नहुने बताउनुभयो । 

बैठकमा नेकपा क्रान्तिकारी माओवादीक केन्द्रिय सदस्य निलबहादुर पुन, नेकपा माओवादीका हरि कुँवर, उद्योग बाँणिज्य संघ बुर्तिबाङ ईकाईका पदाधिकारी तथा सदस्य, नेपाली काँग्रश राजकुतका सभापती तेजेन्द्र कुँवर, राजकुत एमालेका लालविर लोप्चन लगायतको उपस्थिती थियो । बैठक उद्योग बाणिज्य संघ बुर्तिबाङ ईकाईका कार्यवाहक अध्यक्ष निमलाल पाण्डेको अध्यक्षतामा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य