२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति

२२ कार्तिक २०७३, सोमबार ०८:१७

कात्तिक २२, कञ्चनपुर । कञ्चनपुरमा नौवटा स्थानीय तह बनाउने सहमति भएको छ । 

स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले राजनीतिक दलको सहमतिमा नौ स्थानीय तह बनाउने सहमति गरेका हुन् । 

स्थानीय तहको संरचना निर्धारणबारे जिल्ला विकास समिति कञ्चनपुरमा भएको सर्वपक्षीय बैठकले साविक आठ नगरपालिका र बाँकी चार गाविसलाई मिलाएर अर्को छुट्टै नगरपालिका बनाउने प्रस्तावमा सहमति जनाएको स्थानीय विकास अधिकारी राजेश पौडेलले बताउनुभयो । 

“भीमदत्त नगरपालिकालाई उपमहानगरपालिका बनाउनेबारे सहमति भएको छ”–उहाँले भन्नुभयो । 

दोधाराचाँदनी, बेल्डाँडी, बेलौरी, पुनर्वास, कृष्णपुर, झलारी पिपलाडी र बेदकोटलाई नगरपालिकामै कायम राख्ने सहमति भएको छ । 

देखतभुलीका वडा नं ८ र ९ लाई कृष्णपुरमा गाभ्ने निर्णय गरिएको छ । 

शङ्करपुर गाविसका सबै वडा, देखतभुलीका १ देखि ७ सम्मका वडा, बाइसेविचुवा र रैकवारविचवाका केही वडालाई सम्मिलित गरी लालझाँडी नगरपालिका बनाउने सहमति भएको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो । 

यसअघि शङ्करपुर देखतभुली, बाइसेविचुवा र रैकवारलाई राना–थारुको बाहुल्यता रहेको क्षेत्रलाई रानाथारु स्वायत्त संरक्षित क्षेत्र घोषणा गर्ने जिल्ला प्राविधिक सहयोग समितिले निर्णय गरेको थियो । सङ्ख्याको मात्रै टुङ्गो लागेको र नामाकरणको टुङ्गो लाग्न बाँकी रहेको छ । 

“भौगोलिक, प्रशासनिक सुगमता, स्रोत साधनको उपलब्धता, जनसङ्ख्यालगायत आयोगले तोकेको मापदण्डका आधारमा राजनीतिक सहमतिमा स्थानीय तहमा सहमति भएको छ” – उहाँले भन्नुभयो । सहमति भएका विषयलाई सिफारिस साथ केन्द्रमा पठाइने उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य