२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा डेङ्गु रोगको सङ्क्रमण घट्यो, ५१९ जनामा डेङ्गु

२०७३, २२ कार्तिक सोमबार ०९:१७

कात्तिक २२, चितवन । चितवनमा प्रकोपका रुपमा फैलिएको डेङ्गु रोगको सङ्क्रमण घट्दै गएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार भदौ असोजमा भन्दा अहिले सङ्क्रमण दर घट्न थालेको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले कात्तिकको दोस्रो सातादेखि सङ्क्रमण दरमा न्यूनीकरण भएको बताउनुभयो । तर पनि डेङ्गुका बिरामी भेटिने क्रम रोकिएको छैन, सचेतनामा स्थानीयवासीले ध्यान दिन जरुरी छ, केसीले भन्नुभयो । 

अहिले डेङ्गु फैलने मौसम पनि सकिन लागेको र लामो समयदेखि वर्षा रोकिएकाले भाँडामा पानी जम्ने क्रमसमेत रोकिँदा डेङ्गु घट्न थालेको हो । जाडो मौसममा डेङ्गु सङ्क्रमण न्यून हुन्छ । 

मुख्यगरी भाँडामा जमेको सफा पानीमा लामखुट्टेका लार्भा हुर्कने गर्छन् । भाँडामा पानी जम्न नदिए डेङ्गु सङ्क्रमणमा आफैँ न्यूनीकरण हुने चिकित्सकले बताएका छन् । 

जिल्लामा भदौ महिनादेखि कात्तिकको अहिलेसम्म ५१९ जनामा डेङ्गु रोग लागेको जनस्वास्थ्य कार्यालय चितवनले पुष्टि गरेको छ । तीमध्ये ७० देखि ८० प्रतिशत सङ्क्रमण रत्ननगर नगरपालिकामा छ । रत्ननगर बकुलहर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले विगतमा भन्दा अहिले अस्पतालमा डेङ्गुका बिरामी घटेको बताउनुभयो । 

पहिले आएका बिरामीमध्ये अधिकांश डेङ्गुका हुन्थे, डा पौडेलले भन्नुभयो – “अहिले बिरामी घटेका छन् । यसअघि भरतपुर र रत्ननगरको बजार क्षेत्रमा २० हजार घर अनुगमन गर्दा ८०२ घरमा डेङ्गु पोजेटिभ पाइएको थियो ।” 

एडिस एजेप्टाई जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ । यो लामखुट्टेले भाँडामा जमेको सफा पानीमा लार्भा हुर्काउँछ । 

लामखुट्टेको टोकाइबाट बच्न सके रोग लाग्नबाट जोगिन सकिने छ । भाँडामा एक हप्तासम्म पानी जन्म नदिन चिकित्सकले स्थानीयवासीलाई सल्लाह दिएका छन् । ज्वरो देखिए चिकित्सकको सल्लाहमा औषधि लिनसमेत भनिएको छ । 

जनस्वास्थ्य कार्यालय चितवनले जिल्लामा सचेतनामूलक कार्यक्रमलाई समेत जोड दिएको सूचना अधिकारी नरहरि शर्मा बताउनुहुन्छ । यो वर्ष नेपालमा १३ जिल्लामा डेङ्गु देखिएको छ । यसको खास उपचार पत्ता नलागेकाले लक्षणका आधारमा औषधि दिने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ