२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा अक्टोबर क्रान्ति सतबार्षिकीको उद्घाटन

२२ कार्तिक २०७३, सोमबार १५:१२

सन्तोषकुमार गुप्ता, कात्तिक २२, देउखुरी । अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय महासचिव रामबहादुर बुढाले समाजबादी राज्य स्थापनाका लागि अक्टोबर क्रान्तिको सान्दर्भिकता अहिले पनि झनै बढेर गएको बताएका छन् । रुसको तत्कालिन जार शाहीको बिरुद्ध सन् १९१७ मा बोल्सेबिक पार्टीको नेतृत्वमा भएको ऐतिहासिक अक्टोबर क्रान्ति सफल भएको दिनलाई अहिले पनि विश्वका क्रान्तिकारी पार्टीहरुले आत्मासाथ गदै नयाँ अक्टोबर क्रान्तिका लागि घनिभुत रुपमा लाग्न आग्रह गरे ।

    “अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न, नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरु भर्ना गरौँ” भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङको आयोजनामा सोमबार दाङको लमहीमा अक्टोबर क्रान्ति सतबार्षिकी कार्यक्रमको उद्घाटन गदै महासचिव बुढाले यस्तो बताएका हुन् । उनले समाजबादी आन्दोलनलाई बलियो बनाउन नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरुलाई भर्ना गरी संगठित गर्नु पर्नेमा जोड दिए । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बुढाले नयाँ प्रकारको अक्टोबर क्रान्ति सम्पन्न गर्न सम्पूर्ण बामपन्थी क्रान्तिकारीहरु एक ढिक्का हुनुपर्नेमा जोड दिए । उनले समाजबादी राज्य सत्ताले मात्र गरिब निमुखा तथा सर्वहारा बर्गको उत्थान हुने बताए । जसका लागि सबै जनताहरुलाई अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा घरदैलोमै गई प्रशिक्षात्मक कार्यक्रम सञ्चालन गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

     राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङका उपाध्यक्ष दोर्णबहादुर घर्तीको अध्यक्षतामा भएको सतबार्षिकी उद्घाटन कार्यक्रममा बोल्दै नेकपा मसाल दाङ जिल्ला प्रबक्ता भरत भण्डारीले अक्टोबर क्रान्तिको भावनालाई आत्मासाथ गदै नेपालमा पनि क्रान्तिकारी आन्दोलन र बर्ग संघर्षलाई बलियो बनाउन सबै नेता कार्यकर्ताहरु जनताहरुको घरदैलोमा जानुपर्ने बताए । उनले देशको राष्ट्रियता, स्वाभिमान र अखण्डता बचाई राख्न हजारौँ क्रान्तिकारीहरुको खाँचो रहेको बताए । राजमो जिल्ला सदस्य पदमप्रसाद गोराथोकीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा सर्त बार्षिकी समारोह सञ्चालन समितीका सदस्य काशीनाथ पोख्रेल, रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय महासचिव नारायण योगी, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रिय उपाध्यक्ष हनुमान चौधरी, अखिल नेपाल किसान संघका केन्द्रिय सदस्य प्रेमनारायण आचार्य, अन्टुकका केन्द्रिय सदस्य ठाकुर खनाल, अखिल नेपाल बुद्धिजिवी संघका केन्द्रिय सदस्य केशवराज खनाल, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्यद्धय कृष्ण गिरी, कपिलदेव खनाल, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय उपाध्यक्ष महेश रिजाल, अखिल नेपाल उद्योग ब्यापार संघका केन्द्रिय सदस्य तारा खनाल, कतार नेपाली एकता समाजका हुमाकान्त आचार्य र अखिल नेपाल महिला संघकी जिल्ला सदस्य गौरी खड्का बक्ताले अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउनु पर्ने बताएका छन् । सो अवसरमा राजपुर—६ का वार्ड नागरिक मञ्चका संयोजक महेश चौधरीलाई पार्टी सदस्य प्रदान गरी पार्टी प्रबेश गराएका छन् । कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङका सचिव गणेश आचार्यले गरेका थिए ।     

     राष्ट्रिय जनमोर्चा केन्द्रिय समितीले तथा भातृ संगठनले अक्टोबर क्रान्ति एक सय बर्ष पुरा भएको उपलक्ष्यमा अधिराज्यभर सतबार्षिर्की मनाउने अभियान सञ्चालन अन्र्तगत दाङमा पनि यो अभियान शुरु गरिएको छ । सतबार्षिकी कार्यक्रममा दाङ जिल्लामा हजारौँ नयाँ पिढीका क्रान्तिकारीहरुलाई पार्टी सदस्यता प्रदान गर्ने लक्ष्य रहेको राजमो दाङले जनाएको छ । त्यस्तै सतबार्षिक कार्यक्रम अन्र्तगत कार्तिक २३ गते दाङको नारायणपुर, २४ गते तुलसीपुर, २५ गते देउखुरीको गढवा र २६ गते भालुवाङमा अक्टोबर क्रान्ति सतबार्षिकी कार्यक्रमको आमसभा गर्ने राजमो दाङका सचिव गणेश आचार्यले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत