२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा वनका उपाध्यक्षसहित आठजना तस्करीमा पक्राउ

२३ कार्तिक २०७३, मंगलवार ०२:४८

कात्तिक २३, कञ्चनपुर । कञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् । 

सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला वनका उपाध्यक्ष दुखत रानासहित सुन्दरलाल चौधरी, जीवन राना, चाइना चौधरी, जीतराम राना, छंगा राना, बेचराम राना र रामु राना पक्राउ परेको इलाका प्रहरी कार्यालय शङ्करपुरका प्रहरी नायब निरीक्षक कटकबहादुर कुवँरले बताउनुभयो । 

पक्राउ परेका आठजनासहित चार गोरुगाडा र तीन थान विभिन्न नापका सालका गोलीया बरामद गरिएको उहाँले बताउनुभयो । 

“बरामद काठ, गोरुगाडा र पक्राउ परेका आठै जनालाई जिल्ला वन कार्यालय कञ्चनपुरको जिम्मा लगाएका छौँ” उहाँले भन्नुभयो । जिल्ला वन कार्यालय, कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले पक्राउ परेकामाथि आजदेखि अनुसन्धानको कार्य सुरु गरिएको बताउनुभयो । 

“काठ तस्करीमा संलग्न वनका कर्मचारी र वन उपभोक्ता समितिका जुनसुकै पदाधिकारी पनि अनुसन्धानका क्रममा दोषी देखिए कारबाही हुन्छ”, उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य