2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरमा वनका उपाध्यक्षसहित आठजना तस्करीमा पक्राउ

कात्तिक २३, कञ्चनपुर । कञ्चनपुरको शङ्करपुरमा रहेको बागवानी सामुदायिक वनका उपाध्यक्षसहित आठजना काठ तस्करीको आरोपमा पक्राउ परेका छन् । 

सालको काँचो रुख कटानी गरी आइतबार राति गोरुगाडामा राख्दै गरेका बेला वनका उपाध्यक्ष दुखत रानासहित सुन्दरलाल चौधरी, जीवन राना, चाइना चौधरी, जीतराम राना, छंगा राना, बेचराम राना र रामु राना पक्राउ परेको इलाका प्रहरी कार्यालय शङ्करपुरका प्रहरी नायब निरीक्षक कटकबहादुर कुवँरले बताउनुभयो । 

पक्राउ परेका आठजनासहित चार गोरुगाडा र तीन थान विभिन्न नापका सालका गोलीया बरामद गरिएको उहाँले बताउनुभयो । 

“बरामद काठ, गोरुगाडा र पक्राउ परेका आठै जनालाई जिल्ला वन कार्यालय कञ्चनपुरको जिम्मा लगाएका छौँ” उहाँले भन्नुभयो । जिल्ला वन कार्यालय, कञ्चनपुरका प्रमुख शिवप्रसाद शर्माले पक्राउ परेकामाथि आजदेखि अनुसन्धानको कार्य सुरु गरिएको बताउनुभयो । 

“काठ तस्करीमा संलग्न वनका कर्मचारी र वन उपभोक्ता समितिका जुनसुकै पदाधिकारी पनि अनुसन्धानका क्रममा दोषी देखिए कारबाही हुन्छ”, उहाँले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई