2026-09-19 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा बाढीमा परी ज्यान गुमाएका मृतकका नौ परिवारलाई अस्ट्रेलियाबाट सहयोग

कात्तिक २३, झापा । झापाली समाज अस्ट्रेलियाले गत वर्षायाममा बाढीमा परी ज्यान गुमाएका झापाका नौजना मृतकको परिवारका लागि रु साढे तीन लाख राहत सहयोग हस्तान्तरण गरेको छ । 

समाजका संस्थापक अध्यक्ष एवम् संरक्षक दिनेशकुमार पोखरेलले समाजको तर्फबाट उक्त रकमको चेक सोमबार बेलुका नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई हस्तान्तरण गर्नुभयो । 

पोखरेलले समाजको अगुवाइमा अस्ट्रेलियामा सङ्कलित रकम मृतकका परिवारलाई दामासाहीले वितरणका लागि रेडक्रसलाई हस्तान्तरण गरिएको बताउनुभयो । 

रेडक्रस उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी र जिल्ला सदस्य हेम खड्काले रकम बुझ्दै झापाली समाज अस्ट्रेलियाले सामाजिक क्षेत्रमा उदाहरणीय काम गरेको भनी प्रशंसा व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई