२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा एक करोडमा निर्मित विद्यालय उद्घाटन

२३ कार्तिक २०७३, मंगलवार ०५:३७

 कात्तिक २३, नुवाकोट । एक विदेशी नागरिकले रु एक करोडभन्दा बढी व्यक्तिगत सहयोगमा नुवाकोटको सुन्दरादेवीमा सुविधासम्पन्न विद्यालय भवन निर्माण गरिदिएका छन् । 

सुन्दरादेवी–८ काहुलेमा रहेको पञ्चकन्या निमाविको लागि निर्माण भएको उक्त भवनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा रामशरण महतले सोमबार उद्घाटन गर्नुभएको हो । 

अस्ट्रेलियाली नागरिक जोन रोबर्ट ग्लेनको व्यक्तिगत सहयोगमा रु एक करोड छ लाखको लागतमा विद्यालयमा सुविधा सम्पन्न र भूकम्प प्रतिरोधी १२ कोठे भवन निर्माण भएको हो । 

विद्यालयको जीर्ण पुरानो भवन भूकम्पले भत्किएपछि टहरामा पढाइ सञ्चालन हुँदै आएको विद्यालयमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरिएपछि अभिभावकसमेत दङ्ग भएका भवनको स्थानीय निर्माण संयोजक सन्तमान तामाङले जानकारी दिनुभयो । 

भवन उद्घाटनमा बोल्दै काँग्रेस नेता डा महतले विदेशी मित्रले आफ्नो पसिनाबाट आर्जेको रकम समुदायको हितको लागि लगानी गर्नु भएकाले स्थानीयले यसको सदुपयोग र संरक्षण दुवै गर्नुपर्ने बताउनुभयो । 

नेता डा महतले स्थानीय निकायको पुनःसंरचनाको ढिलाइको कारण स्थानीय निकायको निर्वाचनमा समेत प्रभाव परेकोले पुनःसंरचनाको काम छिटो गरी निर्वाचन गर्नुपर्ने बताउनुभयो । 

उहाँले स्थानीय निकायमा निर्वाचित पदाधिकारी नहुँदा विकास निर्माणमा प्रभाव परेकाले स्थानीय निकायको पुनःसंरचनामा ढिलाइ भएमा अहिलेकै स्थानीय निकायलाई आधार मानेर भए पनि तत्काल निर्वाचन गर्न समेत सुझाव दिनुभयो । 

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले सुन्दरादेवीको बाघमारा क्षेत्र पर्यटकीय क्षेत्र भएकाले सातबिसे बाघमारा सडकको स्तरोन्नतिको काम तीव्ररुपमा गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा विद्यालय निर्माण गर्न रकम दान गर्ने अस्ट्रेलियाली नागरिक ग्लेनलाई अभिनन्दन समेत गरिएको थियो । ग्लेनले आफूले दिएको रकमबाट राम्रो भवन निर्माण भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य रमेश महत, सुन्दरा उच्च माविका प्राचार्य अमरबहादुर श्रेष्ठ, दुप्चेश्वर उच्च माविका शिक्षक बलराम आचार्य, सुन्दरादेवी निमाविमा प्रधानाध्यापक राजन पाठकलगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ