५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

लाभग्राहीमा नाम छुटेकामा विरोध

२३ कार्तिक २०७३, मंगलवार ०७:५१

कात्तिक २३, भक्तपुर । भूकम्पीय आवास पुनःनिर्माण परियोजना, जिल्ला आयोजना कार्यान्वयन समितिले गाउँ गाउँमा अनुदान पाउने लाभग्राहीको नाम टाँसेपछि लाभग्राहीमा आफ्नो नाम छुटेका भूकम्पपीडितले आज विरोध गरेका छन् । 

भूकम्पले घर भत्किएर बस्ने ठाउँ नभएका र अहिलेसम्म टहरामा बस्दै आएका वास्तविक भूकम्पपीडितको नाम अनुदान पाउने लाभग्राहीका सूचीबाट हटाइएको र दुई तथा काठमाडाँैमा समेत घर भएकाको नाम भने समावेश गरिएको जनाउँदै पीडितले समितिको कार्यालयमा आएर विरोध गरेका छन् । 

भक्तपुरका भूकम्प प्रभावितलाई आगामी बिहीबारदेखि पहिलो किस्ताको अनुदान रु ५० हजार वितरण सम्झौता गरिने गरी लाभग्राहीको नाम टाँस गरिए पनि नाम छुटेका पीडितले नाम समावेश गर्न माग गरेका छन् । 

भूकम्पपीडितको रातो परिचयपत्र तथा पुनःसर्वेक्षणको सेतो कागज पाएका र यसअघि वितरण गरिएको रु १५ हजार र न्यानो कपडाको रु १० हजार पाउने पीडितको नाम समेत लाभग्राहीको सूचीबाट हटेपछि पीडितले नाम समावेश गर्न माग गरेका हुन् । 

नगरकोट नगरपालिका– १२ ताथलीका राजेन्द्र थापाको नेतृत्वमा जिविसमा आएको भूकम्पपीडितको टोलीले जिल्ला आयोजना कार्यान्वयन समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइरालालाई निवेदन बुझाउँदै नाम छुटेको वास्तविक भूकम्पपीडितको नाम तत्काल समावेश गरी पहिलो किस्ताको अनुदान वितरण गर्न माग गरेको छ । 

थापाले भन्नुभयो—“पुनःसर्वेक्षणमा समेत विभेद भएको छ, सर्वेक्षणमा आउने टोली समेत प्रलोभनमा परेको पुष्टि भएको छ, गाउँमै दुई वटा र काठमाडाँैमा घर हुनेको नाम लाभग्राहीको सूचीमा छ तर वास्तविक भूकम्पपीडितको नाम हटेको छ, हटेकाको नाम तत्काल समावेश गराउनुपर्छ ।” 

नगरकोट नगरपालिकामा मात्रै आठ सय ९७ भूकम्पपीडितको नाम छुटेको भन्दै उहाँले नाम छुटेका पीडितलाई अनुदान वितरण नगरे आन्दोलन गरिने चेतावनी दिनुभयो । 


भूकम्पमा घर भत्किएर पशु तथा चौपाया समेत मरेको र बस्ने अर्को घर नहुँदा टहरामा बसिरहे पनि लाभग्राहीको सूचीमा आफनो नाम नभएपछि समितिमा आउनुपरेको ताथलीकै श्रीराम थापाको गुनासो छ । लापर्बाही गर्ने पुनःसर्वेक्षण गर्ने टोलीलाई कारबाही गर्नुपर्ने बताउँदै उहाँले पहिलो किस्ताको अनुदान रकम सुरुमै पाउनुपर्ने माग गर्नुभयो । 

नगरकोट नगरपालिका– ५ सुडालका गणेशप्रसाद दुलालले पनि लाभग्राहीमा नाम छुटेकाको तत्कालै नाम समावेश गर्नुपर्ने माग गर्नुभयो । पुनःसर्वेक्षणमा जाने टोली र स्थानीय प्रतिनिधिको लापर्बाही एवम् रिसइबीका कारण कैयाँै वास्तविक भूकम्पपीडितको नाम लाभग्राहीको सूचीबाट हटाइएको उहाँको आरोप थियो । 

समितिको कार्यालयमा गुनासो लिएर आउनुभएका रमेश थापा, शिव श्रेष्ठ, प्रकाश गजुरेल लगायतले आफूहरुलाई लाभग्राहीको सूचीबाट हटाइएकामा आपत्ति व्यक्त गर्दै तत्काल नाम समावेश गर्न आग्रह गर्नुभयो । 

समितिले गाउँ गाउँमा लाभग्राहीको नाम टाँस गरेपछि नाम छुटेको भूकम्पपीडित सम्बन्धित नगरपालिका र जिविस एवम् समितिको कार्यालयमा आएर गुनासो र विरोध गर्र्न तथा नाम समावेश गर्न माग गर्न थालेका छन् । 

स्थानीय विकास अधिकारी कोइरालाले लाभग्राहीको अन्तिम नामावली जिल्लाका छ वटै नगरपालिका मार्फत वडा कार्यालयमा टाँस गरिएको बताउँदै नाम छुटेका लाभग्राहीलाई गुनासो फाराम भर्न आग्रह गर्नुभयो । समितिले तत्कालै छुटेका भूकम्पपीडितलाई अनुदान सम्झौता गर्न नियम र प्रक्रियागत रुपमा जाने उहाँको भनाइ छ । 

समितिमा लाभग्राहीको नाम छुटेको गुनासो आए पनि दुई घर हुने र अन्यत्र घर हुने गैरभूकम्पपीडितको नाम लाभग्राहीको सूचीमा आएको भए त्यस्तो गुनासो समेत फाराममा भर्न उहाँले लआग्रह गर्नुभयो । 

यही कात्तिक २५ गतेदेखि लाभग्राहीसँग अनुदान सम्झौता गरिने बताउँदै समितिका उपसंयोजक दीपक पाठकले पहिलो किस्ता वितरण गरिएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको संयन्त्रले मालापोत कार्यालय मार्फत गाउँ÷गाउँमा पुनः सर्वेक्षण गर्ने बताउनुभयो । 

पुनःसर्वेक्षण गर्दा दुई घर भएका वा गैरभूकम्प प्रभावितले अनुदान रकम लिएको पुष्टि भएमा त्यस्तालाई कारबाही गरी जरिवानासहित रकम फिर्ता गराइने बताइएको छ । 

जिल्लामा सुरुमा ३३ हजार ६९६ भूकम्पपीडितको नामावली सार्वजनिक भए पनि प्राधिकरणको टोलीले गरेको पुनःसर्वेक्षणमा भने मध्यपुरथिमिका आठ वटा वडा बाहेक जिल्लाभरिमा कुल २४ हजार ९०२ भूकम्प प्रभावितको नाम लाभग्राहीको सूचीमा समावेश गरेको छ । 

अनुदान लिन भूकम्प प्रभावित लाभग्राहीले आफ्नो वडा कार्यालयमा नागरिकताको सक्कल र प्रतिलिपि तीन थान, लालपुर्जाको प्रतिलिपि र तस्बिर र भूकम्प प्रभावित भएको परिचयपत्र तीन तीन थान साथमा लैजानुपर्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने