२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेपलाञ्चोकमा स्थानीय तह पुनः संरचनाको विषय पेचिलो बन्दै

२३ कार्तिक २०७३, मंगलवार ०७:५६

कात्तिक २३, बनेपा । काभ्रेपलाञ्चोकमा स्थानीय तह पुनःसंरचनाको विषय पेचिलो बन्दै गएको छ । 

स्थानीय तह पुनःसंरचनालाई लिएर तिहारअघिदेखि निरन्तर जारी राजनीतिक दलको बैठकमा सङ्ख्या र सीमाङ्कनको विवाद देखिएपछि अझै निष्कर्षमा पुग्न सकिएको नसकिए पनि दलहरुले दिनरात निरन्तर छलफल गरिरहेका छन् । 

नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका पूर्वसभापति शिव हुमागार्इँले केही दिनअघि १४ स्थानीय निकायका विषयमा दलबीच सैद्धान्तिक सहमति भएको उल्लेख गर्दै जिल्लामा सबै राजनीतिक दलको सामूहिक प्रस्तावको सम्भावना लगभग समाप्त भएको बताउनुभयो । 

उहाँले नेपाली काँग्रेस र नेकपा९एमाले० सङ्ख्याका आधारमा सहमति नजिक भए पनि अन्य विषयमा असहमत भएको बताउँदैै आज बैठक निष्कर्षमा नपुगे नेकपा९माओवादी केन्द० नेतृत्वको एउटा तथा काँग्रेस र एमाले नेतृत्वको एउटा प्रस्ताव प्राविधिक समितिमा पठाइने जानकारी दिनुभयो । 

एमाले काभ्रेपलाञ्चोकका उपाध्यक्ष अशोक व्याञ्जुले विवाद टुङ्ग्याउन छलफल भइरहेको बताउनुभयो । 

माओवादी केन्द्र काभ्रेपलाञ्चोकका सचिव इन्द्रबहादुर थिङले सङ्ख्या र सीमाका विषयमा विवाद हँुदा समस्या देखिएको उल्लेख गर्दै माओवादी उपमहानगरपालिकासहित १२ स्थानीय निकायका पक्षमा भएको बताउनुभयो । राप्रपाका राजेन्द्र केसीले दलहरु टुङ्गोमा नपुगे प्राविधिक समिति मार्फत पुनः संरचनाको टुङ्गो लाग्ने बताउनुभयो । 

स्थानीय विकास अधिकारी टेकराज निरौलाले विवादको विषय के हो भन्ने नै पहिचान गर्न अप्ठेरो भएको बताउँदै राजनीतिक दलबीच सहमति नभए प्राविधिक समितिको परामर्शमा स्थानीय निकाय पुनःसंरचना आयोगले विवाद टुङ्गोमा लगाउने जानकारी दिनुभयो । 

चार महिनादेखि जारी दलको बैठक दिनरात धुलिखेलमा आज पनि भइरहेको छ । स्थानीय तह पुनःसंरचना आयोगलाई पुनःसंरचनासम्बन्धी प्रतिवेदन बुझाउने म्याद यही कात्तिक २० गते नै समाप्त भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे