२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

हराएको त्रिपुरासुन्दरीको शिला बर्दियामा भेटिएको दाबी

२०७३, २३ कार्तिक मंगलवार १०:१३

कात्तिक २३, डोल्पा । डोल्पाको प्रसिद्ध धार्मिकस्थल त्रिपुरासुन्दरी देवीको १५ वर्ष अगाडि हराएको शिला बर्दियाको बाँसगडीमा नवनिर्मित ओम केदारेश्वर धाममा रहेको तथ्य बाहिर आएकोे छ । 

करिब एक महिनाको अनुसन्धानपछि हराएको शिला केदारेश्वर धाममा फेला पारिएको दाबी मिसन नेपालका कर्णाली अञ्चल प्रमुख तथा केन्द्रीय उपाध्यक्ष मानव हमालको छ । 

विश्वकै सनातन हिन्दूहरुका देवताहरुको दर्शन एकै ठाउँमा गर्न मिल्ने गरी १०८ फिट अग्लो विशाल दिव्य ज्योतिर्लिङ्गको स्थापनासहित मध्यपश्चिमलाई प्रमुख धार्मिक शक्तिपीठ बनाउन उक्त शिला ज्योतिर्लिङ्गको २७ फिट तल विधिपूर्वक शिलान्यास गर्दा राखिएको धामका अध्यक्ष लीलाधर शर्माले खुलासा गरेको हमालले जानकारी दिनुभयो । 

शिला कसले, कहाँबाट कसरी ल्याए र यो कुन ठाउँमा छ भन्ने कुराको दरिलो प्रमाणका रुपमा बर्दिया निवासी शर्माको भिडियो अडियोसमेत आफूसँग रहेको र यसैका आधारमा किटानी जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता गरेको उहाँले बताउनुभयो । पचहत्तर वटै जिल्लामा रहेका शक्तिपीठबाट ‘शक्ति’ बटुलेर संसारकै प्रसिद्ध तीर्थस्थल बनाउने प्रयास स्वरुप अहिलेसम्म ६८ जिल्लाबाट त्यस्ता ‘शक्ति’ सङ्कलन गरिइसकिएको ट्रष्टका अध्यक्ष शर्माको भनाइ छ । 

अध्यक्ष शर्माका अनुसार डोल्पाबाट स्थानीय पुजारी र तीन दशकदेखि डोल्पामा शैक्षिक सुधारका लागि काम गर्दैआउनुभएका पर्वत जिल्ला निवासी रमेश शर्माले शिला र दियो ल्याइदिनुभएको हो । 

हाल अस्ट्रेलियामा रहेका आरोपित रमेश यस प्रकरणमा आफ्नो कुनै पनि प्रकारको संलग्नता नरहेको जिकिर गर्नुभएको छ । 

भिडियो र अडियोका आधारमा पर्वत निवासी रमेश शर्मा, लीलाधर शर्मा तथा डोल्पा नर्कु गाविसका युवराज शाहीको नाममा किटानी जाहेरी दर्ता गर्दा पनि छानबिन प्रक्रियालाई प्रहरीले तदारुकताका साथ अगाडि नबढाएको दुखेसो जाहेरीकर्ता दिलबहादुर विष्टले पोख्नुभएको छ । 

भिडियो र अडियोअनुसारको कुनै पनि कुरा नभएर रु दुई करोड सहयोग पाउने लोभमा झुटो कुरा बोलेको ट्र«ष्टका अध्यक्ष शर्माको भनाइ छ । रमेश शर्मा र स्थानीय पुजारीले शिला ल्याएको नभई कैलालीमा रहेको कर्णाली पुलको बगरबाट शिला ल्याइएको बयान अध्यक्ष शर्माले प्रहरीसामु दिनुभएको छ । तर उहाँले एकाएक बयान फेरेको आरोप डोल्पाली जनताको छ । 

चिन्दै नचिनेका व्यक्तिमाथि पुरातात्विक वस्तु चोरीको आरोप लगाइएको भन्दै रमेश शर्माले नेपाल फर्किसकेपछि कानुनी उपचार खोज्ने जानकारी दिनुभयो । यता, अनुसन्धानमा ढिलाइ भइरहेको जनगुनासोलाई ध्यानमा राखेर थप अनुसन्धानका लागि प्रहरी नायब निरीक्षक तुलसी अर्याललाई खटाइएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी बताउनुभयो । 

कडाइका साथ आरोपितसँग बयान लिने काम भइरहेको र छिट्टै सत्यतथ्य पत्ता लाग्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । 

पन्ध्र वर्ष अगाडि मन्दिरबाट हराएका चार वटा देवीका शिलामध्ये तीन वटा शिला र सुन चाँदीका पूजा सामग्रीसहित चोर पक्राउ परे पनि योगमायाको एउटा शिला भने फेला परेको थिएन । 

विसं १११४ मा चामत्कारिक तरिकाले पुतलीका रुपमा उत्पत्ति भएका मानिएका नौ बहिनी देवीमध्ये पाँच वटा मान्छेले छुनेबित्तिकै शिलामा परिणत भएको र बाँकी चार बहिनी पुतलीकै रुपमा बागेश्वरी, सल्यान खैरवाङ, जुम्ला कनिका सुन्दरी तथा अर्घाखाँचीकी खाँची भगवतीका रुपमा प्रसिद्ध भएको जनविश्वास रहिआएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो