2026-09-08 11:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा जिल्लाबारे संक्षिप्त जानकारी

नेपालमा रहेका ७५
जिल्लाहरुमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्र; गण्डकी अञ्चल अन्तर्गतका ६ जिल्लाहरु मध्ये ऐतिहासिक,
धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महृत्व बोकेको जिल्ला हो। भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि
उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण
छ।

यो जिल्लाले ३६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । समुद्र
सतहबाट २२८ मिटर देखि ८१६३ मिटर उचाईमा अवस्थित तथा २७०१५’ देखि २८०१५’ अक्षांश र ८४०२७’ देखि ८४०५८’
देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ। राजनैतिक
एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई २ नगरपालिका, ६० गाउँ विकास समिति, १३ इलाका र ३ निर्वाचन
क्षेत्रमा बिभाजन गरिएको छ। यस जिल्लाको पूर्व सीमानामा धादिङ जिल्ला र तिव्वत (चीन); पश्चिम सीमानामा
तनहुँ, लमजुङ, मनाङ जिल्ला र तिव्वत (चीन); उत्तर सीमानामा तिव्वत (चीन) तथा दक्षिण सीमानामा चितवन,
तनहुँ र धादिङ जिल्ला पर्दछन्। वि.स. २०६८ (२०११) को जनगणना अनुसार महिला १५००२० र पुरुष १२१०४१ गरी
गोरखा जिल्लाको जम्मा जनसंख्या २७१०६१ रहेको छ।

गोरखा दरवार,
गोरखनाथ मन्दिर, तल्लो दरवार जस्ता ऐतिहासिक सम्पदा; मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक
सम्पदा; कल्छुमन ताल, कालाताल नारदकुण्ड, दुधपोखरी जस्ता ताल तथा पोखरीहरु; मनासलु, हिमालचुली जस्ता
हिमचुचराहरु; विभिन्न कोटहरु, गुम्बाहरु तथा गुफाहरु यहाँका मुख्य आकर्षणहरु हुन्।

ऐतिहासिक पृष्ठभुमी

यहाँ वि. सं. १७७९ मा
राष्ट्रनिर्माता श्री ५ वडामहाराजधिराज पृथ्वीनारायण शाहको जन्म भएको थियो । गोरखामा जगतमाता भगवती
कालिको मन्दिर र जगतगुरु मानिने गुरु गोरखनाथको गुफा पनि छ । यहाँ हजारौं भक्तजनहरू दर्शन गर्न र आफ्नो
मनोकामना पूराको लागि आउने गर्छन् । साथै प्रत्येक अष्टमीका दिन बलि पूजा चढाईन्छ । दैनिक नित्य पूजाआजा
र भजनकीर्तन हुन्छ । कालिका र गुरु श्री गोरखनाथलाई हिन्दुहरूको आराध्य वा नेपालको राष्ट्रदेवता मानिन्छ
। नेपाली सिक्कामा पनि श्री भवानी र श्री श्री श्री गोरखनाथ लेखेको पाइन्छ । साथै नेपालको राष्ट्रिय
निशाना छापमा पनि गुरु श्री गोरखनाथको चरण अङ्कीत थियो । यसबाट थाहा हुन्छ कि यिनीहरू हामी सबै नेपाली
आरध्यदेव हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो