राम नारायण पंडित/कत्तिक २४, सिरहा । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ जनसभालाई सम्वोधन गर्न यहि कार्तिक २६ गते सिरह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित/कत्तिक २४, सिरहा । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ जनसभालाई सम्वोधन गर्न यहि कार्तिक २६ गते सिरह"/>
२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्ड सिरहा आउँदै, प्रहरीलाई थाहै छैन्

२०७३, २४ कार्तिक बुधबार ०२:०२

राम नारायण पंडित/कत्तिक २४, सिरहा । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ जनसभालाई सम्वोधन गर्न यहि कार्तिक २६ गते सिरहाको चोहर्वा आउने भएको छ । 

प्रधानमन्त्रिमा निर्वाचित भएपछि यसअघि आफ्नो निर्वाचन क्षेत्र सिरहाको मिर्चैया आउने कार्यक्रम तय गरेपनि अन्तिम समयमा आएर मौसमका कारण कार्यक्रम स्थगित गरेका प्रधानमन्त्रि प्रचण्ड पुनः सिरहाको चोहर्वा जनतासँग भेटघाट गर्न आउन लागेको नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राम नारायण सिंहले बताए । 

यसअघि सिरहाको मिर्चैयामा भदौ २७ गते आयोजित जनसभामा मौसम खरावीका कारण उपस्थित हुन नसकेपछि टेलिफोन मार्फत सम्वोधन गरेका प्रधानमन्त्रि प्रचण्ड प्रत्यक्ष रुपमा जनतालाई सम्बोधन गर्न पुनः यहि कार्तिक २६ गते सिरहाको चोहर्वा आउन लागेको आयोजकले बताए । 

नेकपा माओबादी केन्द्रका केन्द्रिय अध्यक्ष समेत रहेका प्रचण्डले मधेसको मागको बारेमा भईरहेको प्रगतिको वारे मधेसी जनतासँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सिरहा आउन लागेको बताईएको छ । 

गत वर्ष नयाँ संविधानको प्रारम्भिक मस्यौदाको लागि राय सुझाव संकलन गर्न ५ दिने भारत भ्रमण सकेर काठमाडौं फर्के लगत्तै निर्वाचित क्षेत्र सिरहा आउँदा तत्कालीन एमाओवादीका अध्यक्ष प्रचण्डलाई कालो झण्डाको साथै चर्को नारावाजीको सामना गर्नु परको थियो । त्यतिबेला प्रचण्ड केवल आधा घण्टामै कार्यक्रम स्थलबाट काठमाडौं फर्किएका थिए ।

यसअघि निरास भएका सिरहावासी पुनः प्रचण्डको भव्य स्वागतको तयारीमा ।

यसअघि प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्डले अन्तिम समयमा आएर सिरहा आउने कार्यक्रम स्थगित गरेपछि निरास भएका सिरहाबासी पुनः प्रचण्डलाई भव्य  स्वागत गर्ने तयारीमा जुटेका छन् । 

संबिधानको मस्यौदा सुझाव संकलनका क्रममा बिरोधका साथै ढुङ्गामुडा गरेकाहरुले पनि प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गर्ने तयारी गरेको छन् । प्रधानमन्त्री प्रचण्डले सम्वोधन गर्नु हुने जनसभाको तयारी तिव्र रुपमा भईरहेको आयोजकले बताए । 



यसअघि प्रधानमन्त्रि प्रचण्ड मौसमको खराबीका कारण जनसभालाई सम्बोधन गर्न मिर्चैया नआएपछि सहभागी भएका सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र उदयपुर लगायतका जनता निरास भएर फर्केका थिए । प्रधानमन्त्री भएपछि पहिलो पटक मधेसमा आउन लागेका प्रचण्डको सम्वोधन सुन्न आएका जनताहरु अन्तिम समयमा नआउने सुचना पाएपछि निरास भएर फर्किएका थिए । 

प्रधानमन्त्रिको सम्वोधन प्रत्यक्ष रुपमा सुन्न पानी परिरहेकै वेला गाउँ गाउँबाट आएका सर्वसाधारण हिलो, पानीमा वसिरहका थिए । त्यो बेला प्रचण्डलाई स्वागत गर्न ५० केजीको माला पनि बनाइएको थियो । 

प्रचण्ड सिरहा आइरहेको सम्बन्धमा प्रहरीलाई जानकारी छैन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्ड यहि कार्तिक २६ गते सिरहा आइरहेको सम्बन्धमा आफुलाई औपचारीक जानकारी नरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ । 

प्रचण्ड सिरहा आइरहेको सम्बन्धमा हामी नेता कार्यकर्ताहरुबाट मात्र जानकारी पाएकोले औपचारीक रुपमा जानकारी आएपछि मात्र सुरक्षा व्यवस्थाको बारेमा केहि भन्न सकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता एक नारायण कोइरालाले बताए । 

यसअघि सिरहाको मिर्चैयामा प्रचण्डको सुरक्षामा काठमांडौको बिषेश प्रहरी टोली, पुर्व क्षेत्रिय प्रहरी कार्यालय बिराटनगरका टोली सहित चार सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको थियो । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल