२०८२, ६ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

आफ्नै घरमा बोलाएर प्रेमिका हत्या गर्ने लामिछाने भक्तपुरबाट पक्राउ

२०७३, २४ कार्तिक बुधबार ०३:४१

कात्तिक २४, भक्तपुर  । अरू केटासँग सम्बन्ध बढाएको आरोप लगाउँदै आफ्नै घरमा बोलाएर प्रेमिकाको हत्या गर्ने एक युवकलाई प्रहरीले मङ्गलबार भक्तपुरबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछाप जिल्ला रामेछाप नगरपालिका–१ ओख्रेनी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा बस्दै आएका १९ वर्षीय रेशम भन्ने मुक्तिनाथ लामिछाने रहेका छन् । लामिछानेले यही कात्तिक १३ गते सिन्धुपाल्चोक महाङ्काल–१ स्थायी घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्दै आएकी २३ वर्षीया सन्तोषी भन्ने एलिसा नेपालीलाई बोडेस्थित आफ्नै घरमा बोलाएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । 

महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी वृत्त थिमिको संयुक्त टोलीले गरेको अनुसन्धानबाट लामिछानेले गत कात्तिक १२ गते बिहान ११ बजे आफ्नै घरमा बोलाएर काठको मुग्रोले टाउकामा हानेर एलिसाको हत्या गरेको अनुसन्धानबाट खुलेको हो । गत २० गते बोडेको कच्ची सडक किनारामा बोरामा हालेको अवस्थामा एक महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेका थियो । 

लामिछानेलाई आफन्तकामा लुकेर बसेको अवस्थामा भक्तपुरबाट महाशाखाको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाको दिन लामिछानेले एलिसालाई फोन गरेर चाबहिलमा भेटी घरमा ल्याएर चिया खुवाएपछि आफूसँग लिएको ४० हजार रुपैयाँ फिर्ता मागेको प्रहरीको भनाइ छ । 

त्यसपछि आफूूलाई छाडेर अर्कै केटा श्याम श्रेष्ठसँग प्रेम सम्बन्ध राखेको आरोप लगाएपछि दुईबीच विवाद भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । विवादमा आवेगमा आएर लामिछानेले दिउँसो १२ बजे घरको भ¥याङ्गमुनि राखेको काठको मुग्रोले पटक पटक टाउकामा हानेर एलिसाको हत्या गरेको लामिछानेले आफ्ना बयानमा सकारेका छन् । हत्यापछि उनले लगाएको कपडा, ब्याग र रगत भएको गलैंचा बोरामा हालेर थिमिको नीलबाराही जङ्गलमा लगेर फ्याँकेको र फर्केर लामिछानेले एलिसाको लासलाई बोरामा हालेर राति नजिकै रहेको बारीमा फ्याँकेको प्रहरीले जानकारी दिएको छ । 

गत वैशाखमा बूढानीलकण्ठस्थित एक पानी उद्योगमा सँगै काम गर्ने क्रममा यी दुईबीच प्रेम सम्बन्ध रहेको बताइन्छ । गत असोज महिनादेखि एलिसाले अर्कैसँग प्रेम सम्बन्ध राखेको भन्दै लामिछानेले आक्रोश व्यक्त गर्दै आएका थिए । प्रहरीका अनुसार हत्या गरेपछि लामिछानेले मृतककै मोबाइलबाट मृतकका बाबुलाई फोन गरी आफू भारतीय नागरिक भएको र छोरी चाहिने भए डेढ करोड रुपैयाँ लिएर आउनू भन्दै फोन गरेका थिए । 

हत्यामा संलग्न लामिछानेलाई प्रहरी वृत्त थिमिले हत्या अभियोगमा मुद्दा चलाउने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने एक युवक पक्राउ एमाले देश बनाउने काम गर्छ, देश बिगार्ने काम गर्दैन: ईश्वर पोखरेल सुनचाँदीको मूल्यमा सामान्य गिरावट, आज कतिमा हुँदैछ कारोबार ? धारिलो हतियार देखाएर मोटरसाइकल लुट्ने २ जना समातिए नागढुङ्गामा झण्डै ३ केजी चाँदीसहित एक युवक पक्राउ दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति नेप्से परिसूचक दोहोरो अंकले घट्यो