१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

आफ्नै घरमा बोलाएर प्रेमिका हत्या गर्ने लामिछाने भक्तपुरबाट पक्राउ

२४ कार्तिक २०७३, बुधबार ०३:४१

कात्तिक २४, भक्तपुर  । अरू केटासँग सम्बन्ध बढाएको आरोप लगाउँदै आफ्नै घरमा बोलाएर प्रेमिकाको हत्या गर्ने एक युवकलाई प्रहरीले मङ्गलबार भक्तपुरबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछाप जिल्ला रामेछाप नगरपालिका–१ ओख्रेनी स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा बस्दै आएका १९ वर्षीय रेशम भन्ने मुक्तिनाथ लामिछाने रहेका छन् । लामिछानेले यही कात्तिक १३ गते सिन्धुपाल्चोक महाङ्काल–१ स्थायी घर भई हाल काठमाडौँ बूढानीलकण्ठ बस्दै आएकी २३ वर्षीया सन्तोषी भन्ने एलिसा नेपालीलाई बोडेस्थित आफ्नै घरमा बोलाएर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । 

महानगरीय अपराध अनुसन्धान महाशाखा र महानगरीय प्रहरी वृत्त थिमिको संयुक्त टोलीले गरेको अनुसन्धानबाट लामिछानेले गत कात्तिक १२ गते बिहान ११ बजे आफ्नै घरमा बोलाएर काठको मुग्रोले टाउकामा हानेर एलिसाको हत्या गरेको अनुसन्धानबाट खुलेको हो । गत २० गते बोडेको कच्ची सडक किनारामा बोरामा हालेको अवस्थामा एक महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेका थियो । 

लामिछानेलाई आफन्तकामा लुकेर बसेको अवस्थामा भक्तपुरबाट महाशाखाको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाको दिन लामिछानेले एलिसालाई फोन गरेर चाबहिलमा भेटी घरमा ल्याएर चिया खुवाएपछि आफूसँग लिएको ४० हजार रुपैयाँ फिर्ता मागेको प्रहरीको भनाइ छ । 

त्यसपछि आफूूलाई छाडेर अर्कै केटा श्याम श्रेष्ठसँग प्रेम सम्बन्ध राखेको आरोप लगाएपछि दुईबीच विवाद भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । विवादमा आवेगमा आएर लामिछानेले दिउँसो १२ बजे घरको भ¥याङ्गमुनि राखेको काठको मुग्रोले पटक पटक टाउकामा हानेर एलिसाको हत्या गरेको लामिछानेले आफ्ना बयानमा सकारेका छन् । हत्यापछि उनले लगाएको कपडा, ब्याग र रगत भएको गलैंचा बोरामा हालेर थिमिको नीलबाराही जङ्गलमा लगेर फ्याँकेको र फर्केर लामिछानेले एलिसाको लासलाई बोरामा हालेर राति नजिकै रहेको बारीमा फ्याँकेको प्रहरीले जानकारी दिएको छ । 

गत वैशाखमा बूढानीलकण्ठस्थित एक पानी उद्योगमा सँगै काम गर्ने क्रममा यी दुईबीच प्रेम सम्बन्ध रहेको बताइन्छ । गत असोज महिनादेखि एलिसाले अर्कैसँग प्रेम सम्बन्ध राखेको भन्दै लामिछानेले आक्रोश व्यक्त गर्दै आएका थिए । प्रहरीका अनुसार हत्या गरेपछि लामिछानेले मृतककै मोबाइलबाट मृतकका बाबुलाई फोन गरी आफू भारतीय नागरिक भएको र छोरी चाहिने भए डेढ करोड रुपैयाँ लिएर आउनू भन्दै फोन गरेका थिए । 

हत्यामा संलग्न लामिछानेलाई प्रहरी वृत्त थिमिले हत्या अभियोगमा मुद्दा चलाउने भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै बाँडे अंक इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीको सानदार जित करोड बढीको कारोबार गर्दै सम्पन्न भयो १८ औँ गोदावरी पुष्प मेला, ४३ हजारले गरे अवलोकन प्रिमियर लिग फुटबलमा वेस्टह्याम युनाइटेडसँग म्यानचेस्टर युनाइटेड पराजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै सोमबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसम : देशका पहाडी भूभागमा वर्षाको सम्भावना पेनाल्टी सुटआउटमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुने अनुमति विना काठमाडौँ आएको एयर एसियालाई कारबाही थलापति विजयलाई पछि पार्दै अल्लू अर्जुन बने भारतकै महँगा अभिनेता बङ्गलादेश लगातार दोस्रो पटक फाइनलमा एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो ७२ औँ मिनेटमा भुटानको पोस्टमा बंगलादेशको ७ गोल (अपडेट) अमेरिकासँगको खेलमा नेपालका लागि टस महत्त्वपूर्ण भुटानविरुद्ध बंगलादेशले पहिलो हाफमा नै फराकिलो अग्रता (अपडेट) जब अदालतमा हराएको ३३ लाखको हिराको हार वकिलको खल्तीमा भेटियो अफगानिस्तानका राष्ट्रिय टोलीबाट खेल्दै आएकासहित १० खेलाडीहरुको एनपीएलमा चासो, तीनजनाले तोके मूल्य वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक उप्रेती छानबिनका लागि मन्त्रालय तानिए बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले?