२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा नौ सामुदायिक स्वास्थ्य इकाई

२४ कार्तिक २०७३, बुधबार ०४:०२

कात्तिक २४, बागलुङ । स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यले जिल्लाका नौवटा गाविसमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । 

सर्वसाधारणलाई घरदैलोमै स्वास्थ्य सेवा दिन खोलिएका इकाई अधिकांश दुर्गम गाविस लक्ष्यित छन् । जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार स्वास्थ्यचौकीको पहुँच बाहिर रहेका सर्वसाधारणलाई इकाईले राहत दिलाएको छ । 

पायकमा स्वास्थ्यचौकी नभएका गाउँमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनुभयो । “गाविसमा भएको स्वास्थ्य संस्थामा पायक नपर्ने र ठूलो भूगोलमा बस्ने सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था देखेर इकाई स्थापना गरेका छौँ,” प्रशासक श्रेष्ठले भन्नुभयो । 

हुग्दिशिर, दर्लिङ, निशी, पैँयूपाटा, जैदी, बोवाङको ढोरपाटनमा गत वर्षदेखि नै इकाई सञ्चालनमा आएका छन् । यो वर्ष ग्वालिचौर–८, खुङ्खानी–७ र अमरभूमिको भुस्कातमा इकाई स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । प्रशासक श्रेष्ठका अनुसार सामुदायिक स्वास्थ्य इकाई स्वास्थ्यचौकीको सानो रुप हो जहाँ एक अहेव र एक अनमी गरी दुईजना स्वास्थ्यकर्मी रहन्छन् । 

स्वास्थ्यचौकीले दिने प्रायः सबै सेवा इकाईबाट प्रदान गर्ने गरिएको छ । सरकारले प्रत्येक वर्ष जिल्लाको आवश्यकता हेरी सामुदायिक स्वास्थ्य इकाई स्थापनाका लागि स्वीकृत प्रदान गर्ने गरेको छ । थप गाविसबाट पनि इकाई स्थापनाका लागि माग भइआएको प्रशासक श्रेष्ठले बताउनुभयो । “विगत तीन वर्षदेखि जिल्लामा प्रतिवर्ष तीनवटा इकाईका लागि सरकारले स्वीकृत प्रदान गरेको छ,” प्रशासक श्रेष्ठले भन्नुभयो, “आवश्यकता भएका ठाउँमा इकाई स्थापना गर्न सकिन्छ, थप ठाउँमा इकाई ल्याउनका लागि हामीले पहल गरिरहेका छौँ ।” 

विकट भूगोल भएका र स्वास्थ्यचौकीसम्म सहज पहुँच नभएका गाउँमा सामुदायिक स्वास्थ्य इकाई प्रभावकारी बनेको छ । खुङखानी–६ का वडा नागरिक मञ्चका संयोजक कुलबहादुर छन्त्यालले इकाई स्थापना भएपछि सर्वसाधारण हर्षित भएको प्रतिक्रिया दिनुभयो । खुङ्खानी–७, ८ र ९ का बासिन्दाले प्रत्यक्ष रुपमा इकाईबाट सेवा लिइरहेको उहाँको भनाइ छ । स्थानीयवासीकै सक्रियतामा सामुदायिक स्वास्थ्य सेवा इकाई सञ्चालन समिति गठन गरेर त्यसको व्यवस्थापन र सञ्चालन गर्ने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य