कार्तिक २४ पर्वत । भूकम्पले झुपडीको बास बनाएको दुई बर्ष वितिसक्यो तर अझै पीडितको घर बन्ने ठेगान छैन । घर बनिनसक्दै फेरि चिसो र ठिहीले पीडितलाई छोपिसक्यो तर अझै पालको बास जस्तामा बद्लिने कुनै सुसारनै छैन । अलिअलि साथमा गाँठ र पहुँच हुनेले जसोतसो जस्ताले बारेका सानो अस्थायी भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कार्तिक २४ पर्वत । भूकम्पले झुपडीको बास बनाएको दुई बर्ष वितिसक्यो तर अझै पीडितको घर बन्ने ठेगान छैन । घर बनिनसक्दै फेरि चिसो र ठिहीले पीडितलाई छोपिसक्यो तर अझै पालको बास जस्तामा बद्लिने कुनै सुसारनै छैन । अलिअलि साथमा गाँठ र पहुँच हुनेले जसोतसो जस्ताले बारेका सानो अस्थायी भ"/>
2026-09-20 12:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अझै भूकम्प पीडित झुपडीमै

कार्तिक २४ पर्वत । भूकम्पले झुपडीको बास बनाएको दुई बर्ष वितिसक्यो तर अझै पीडितको घर बन्ने ठेगान छैन । घर बनिनसक्दै फेरि चिसो र ठिहीले पीडितलाई छोपिसक्यो तर अझै पालको बास जस्तामा बद्लिने कुनै सुसारनै छैन । अलिअलि साथमा गाँठ र पहुँच हुनेले जसोतसो जस्ताले बारेका सानो अस्थायी भएपनि बास बनाए तर साथमा गाँठ र पहुँच नहुनेको भने पाल र घरको झुपडीमा बस्नु शिवाय अरु केहि छैन । सरकार राहत बाढ्दै छौ भन्छ भूकम्प पीडितलाई राहतस्वरुप पहिलो किस्ता बापत पैसा पनि वितरण गरेको सुनिन्छ तर पीडितको हातमा भने अझै रकम पुग्न सकेको छैन ।


जिल्लाको बालाकोट ४ कोल्डाडा का ६० बर्षिया हर्क बहादुर अधिकारिको व्यथा यतिबेला चाडो कसरी कटाउने भन्ने चिन्ताले सताउन थालेको छ । बुढाबुढी सहित पाँच जनाको परिवार बस्दै आएको घर भूकम्पले भत्काइदिएपछि उनीहरु छिमेकीको सहयोगमा गुजरा चलाउँदै आएको बताए । सरकारले राहत वितरण गरेको उनीहरुले पनि सुने शुरुमा १० हजार र दोस्र्रो किस्ता बापत १५ हजार पनि पाए तर सरकारले भूकम्प पीडितलाई घर बनाउनको लागि दिने भनेको रकम भने अझै उनीहरुले पाउन सकेका छैनन् ।


सहाराकर्मी याम परिवार उनको घरमा पुग्दा गहभरी आँसु बगाउदै अधिकारीले  भने “अब घरमा बस्नु त कुरै छोडौ हातमुख जोड्न पनि मुस्किल भएको छ“। ५ छोरा र ३ छोरीका आमाबाबु भएपनि उनका तीन छोराहरु रोजगारको शिलशिलामा भारतमानै परिवारसँग बस्दै आएका छन् भने २ छोरीको विवाह भैसकेको छ ।


काम गर्नसक्ने जति विदेशमा छन्, घरमा काम गर्न नसक्ने त्यसमाथि पाँच जनाको परिवार चलाउनको लागि उनलाई धौधौ भएको छ । भूकम्पले विचल्ली पारेको दुई बर्षसम्म पनि घर बनाउन नसकेपछि उनीहरु निराशमा छन् । भूकम्प पीडितको लागि आवास निर्माणमा ढिलासुस्ती गरेको प्रति निर्धन उत्थान बैंक पर्वतका प्रमुख सुर्य बस्नेतपनि दुखि छन् । सरकारले पीडितलासम्म सहज रुपमा रातह पुरानाको लागि गतिलो नीति निर्माण गर्न नसकेकोले पनि भूकम्प पीडितहरु अझै पनि पालको भरमा बस्न बाध्य भएको उनको तर्क छ ।
जिल्लामा विनासकारी भूकम्पबाट ४ हजारभन्दा बढी घरहरु पूर्णरुपले क्षती भएका छन् भने त्यसको दोब्बरको संख्यामा आंशिक रुपमा क्षती भएका घरहरु छन् ।
सरकारले स्थानीय विकास मन्त्रालयबाट पीडितका घरहरु बनाउनको लागि तयारी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो