२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको दोस्रो ठूलो सरकारी अस्पतालमा आजबाट सेवा सुचारु

२४ कार्तिक २०७३, बुधबार ०८:०६

कात्तिक २४, नवलपरासी । नवलपरासीमा दोस्रो ठूलो सरकारी अस्पतालको रुपमा सरकारले स्थापना गरेको चिसापानी अस्पतालले आजबाट आफ्नो सेवा औपचारिक रुपमा सुचारु गरेको छ । 

पन्ध्र श्ययाको क्षमता रहेको सो अस्पतालले बहिरङ्ग सेवा, आकस्मिक सेवासहित जिल्ला स्वास्थ्य र जिल्ला अस्पतालबाट पाइने खालका २० प्रकारको अन्य आवश्यक सेवा सुरु गरेको हो । सो अस्पताल २०७२ असोज २२ गतेको मन्त्रिपरिषद् बैठकबाट चिसापानीमा स्थापना गर्ने निर्णय भएको थियो भने २०७३ साउन ५ गते चिसापानी अस्पतालको रुपमा दर्ता भएको थियो । 

सो अस्पतालमा तीनजना चिकित्सकसहित १९ जनाको दरबन्दी रहेको छ । सो अस्पताल स्थापनासँगै विशेष गरी दाउन्नेबारीको राजमार्ग क्षेत्रका स्थानीय, नवलपरासीको ग्रामीण क्षेत्रका १४ गाविसका जनतासहित सीमावर्ती भारतीय गाउँका बिरामीसमेत लाभान्वित हुने छन् । 

उक्त अस्पताल दाउन्नेबारीका स्वास्थ्य संस्थाका लागि रिफर सेन्टरको रुपमा स्थापित हुने जिल्ला स्वास्थ्य प्रमुख अरुणकुमार महतोले बताउनुभयो । नवलपरासीमा सरकारी स्वामित्व रहेको यसअगावै १५ श्यया क्षमता रहेको जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी रहेको छ । 

सो अस्पताललाई समेत अब ५१ श्यया बनाउने सरकारको तयारी अन्तिम चरणमा पुगको हो । पछिल्लोपटक सरकारले नवलपरासीको चिसापानी अस्पतालसँगै कास्कीको थुम्कीकोटमा समेत नयाँ अस्पताल स्थापना गरेको छ भने १२ वटा स्वास्थ्य संस्थालाई अस्पतालको रुपमा क्षमता विस्तार गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव