२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा स्थानीय तह पुनःसंरचनाप्रति विरोध

२०७३, २४ कार्तिक बुधबार ०९:३०

कात्तिक २४, भद्रपुर । स्थानीय तह पुनःसंरचना प्राविधिक समिति झापाले कात्तिक २२ गते गरेको निर्णयप्रति नेकपा (एमाले) सहित छ वटा राजनीतिक दलले असहमति जनाउंदै जिल्ला विकास समिति झापामा आज एक ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र नेकपा (एमाले) झापाका इन्चार्ज रवीन कोइरालाले जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत दीपक दाहाललाई हस्तान्तरण गर्नुभयो । 

सो ज्ञापनपत्रमा नेकपा एमाले झापाका इन्चार्ज रवीन कोइराला, सद्भावना पार्टी झापाका सचिव ओमनारायण राजवंशी, नयाँ शक्ति नेपालका प्रतिनिधि रोम घिमिरे, नेकपा ९माले० झापाका सचिव नवराज खरेल, नेकपा ९संयुक्त० झापाका उपाध्यक्ष महेन्द्र लावती र राष्ट्रिय जनशक्ति पार्टी झापाका अध्यक्ष परशुराम मगरले हस्ताक्षर गर्नुभएको छ । 

विरोधमा रहेका दलहरुले झापाको स्थानीय तहको पुनःसंरचना गर्दा नगरपालिकाको सङ्ख्या नघटाई आठ नगरपालिका र तीन गाउँपालिका हुनुपर्नेमा यी दलहरु अनुपस्थित रहेको छलफलमा गाउँपालिकासहित १५ वटा स्थानीय तह हुनुपर्ने सर्वदलीय निर्णय भएकोप्रति विरोधमा रहेका दलले असहमति जनाएका छन् । 

दलहरुका बीचमा सर्वसम्मतिको सम्भावना हँंदाहुँदै प्राविधिक समितिका संयोजकले सहमति गराउन नचाहेपछि आयोगले अघि सारेको मापदण्डअनुसार नै हुने गरी हाल कायम रहेका नगरपालिका नघट्ने गरी यसअघि २०७३ भदौ २७ गते स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले गरेको झापालाई ११ स्थानीय तह बनाउने सर्वसम्मत निर्णयलाई नै दलहरुले साझा विन्दु बनाई सहमति खोज्न विरोधमा उत्रेका दलहरुले सुझाव दिएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित