२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटन सिकार आरक्षमा अन्तिम टोलीले सिकार गर्दै

२४ कार्तिक २०७३, बुधबार १५:३३

विमल खड्का, कात्तिक २४, बागलुङ । नेपालको एकमात्र बैधानिक सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा यस वर्षको अन्तिम सिकारी टोली सिकारका लागि ढोरपाटन पुगेको छ । 

यस वर्षका लागि राष्ट्रिय वन्य जन्तु संरक्षरक्षण विभागले यस वर्षको पहिलो सिकार सिजनका लागि नाउर र झारल गरि १३ जनावरको सिकार स्वीकृती दिएको थियो । यस वर्षको सिकार सिजन कार्तिक महिनाको पहिलो हप्ताबाट सुरुभएको र मंसिरको पहिलोसाता सम्म चल्ने सिकार आरक्षका प्रमुख अणनाथ वरालले बताउनुभयो । 

वरालका अनुसार यस वर्षको अन्तिम सिकारी टोली अहिले ढोरपाटन पुगेको छ । ग्लोवल सफारीले लिएर गएको २ जना रसियन नागरिक सिकारका लागि त्यहाँ पुगेको भनाई छ । उनीहरुले आगामी मंसिर ७ गतेसम्ममा २ वटा नाउर र २ वटा झारलको सिकार गर्नेछन् । यससँगै सिकार आरक्षमा उनीहरु नै अन्तिम सिकारी टोली रहने बताइएको छ । 

यस वर्षको सिकारका लागि हिमालयन सफारीको टोलीले ४ जना सिकारी टोली लगेको छ । जस्ले २ झारल र २ नाउरको सिकार गरेको छ । यस्तै नेपाल वाईल्ड लाईफले २ वटा नाउरको सिकार गरेको छ । यता ट्रयाक्स एण्ड ट्रेल्सबाट केही दिन अघिमात्र एक जना स्पेनिस नागरिकलाई त्यहाँ पु¥याएर १ नाउरको सिकार गराइएको क्म्पनीका फिल्ड म्यानेजर दीपक थापाले बताउनुभएको छ । 

थापाका अनुसार, कम्पनीले अरु २ नाउर र २ झारलको सिकार गराउन टेन्डर पाएको भएपनि रसियाबाट आउने विशिष्ट व्यत्तित्वहरु त्यहाँको सरकारी बैठकमा बस्नु पर्ने कारण सिकारका लागि नआएपछि स्थगन भएको भनाई छ । यससँगै यस सिजनका लागि ढोरपाटन सिकार आरक्षमा १३ बन्यजन्तु मध्ये ९ वटाको मात्र सिकार भएको छ । 

अघिल्लो वर्षको यस सिजनमा १३ वटै जनावरको सिकार भएको र राजश्व समेत बढी संकलन भएको थियो तर यस पटकभने अत्यन्त कम राजश्व संकलन भएको सिकार आरक्षका प्रमुख बरालले बताउनुभएको छ । 

बरालका अनुसार अघिल्लो वर्षको टेन्डरमा एक जनावरको ९ लाख देखि ९ लाख ५० हजारसम्ममा टेन्डर भएकोमा यस वर्ष बढीमा १ लाख ५० हजारसम्मको टेन्डर भएको बताइएको छ । वरालका अनुसार यस वर्ष २८ हजारमात्र राजश्व संकलन भएको छ । अघल्लो वर्षका बढी बढाउमा धेरैले टेन्डर गर्दा बढी राजश्व संकलन भएको हो भने यस वर्ष टेन्डर हाल्ने मान्छे नै नभएका कारण कम मुल्यमा टेन्डर हुँदा राजश्व कम उठेको बरालले बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य