६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विद्युत्भार कटौतीमुक्त अभियान निरन्तर – मन्त्री शर्मा

२५ कार्तिक २०७३, बिहीबार १०:२१

कात्तिक २५, काठमाडौँ । सरकारले परीक्षणका रुपमा काठमाडौँ उपत्यकामा लागू गरेको विद्युत्भार कटौती मुक्त अभियानलाई निरन्तरता दिने र देशका अन्य भागमा समेत अभियान केन्द्रित गर्ने भएको छ । 

विगत केही समयदेखि जारी रहेको विद्युत्भार कटौती मुक्त अभियानलाई सार्थक बनाउन प्राविधिक रुपमा तयारी गरिएको, वैकल्पिक स्रोतको पहिचान र भारतबाट थप विद्युत् आयात गर्ने विषयमा छलफल जारी रहेको जनाएको छ । 

ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री जनार्दन शर्माले प्राप्त भएकै स्रोतलाई परिचालन गरेर परिक्षणका रुपमा काठमाडौँ उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरिएको र त्यसलाई जारी राख्ने तयारी गरिएको बताउनुभयो । 

साँझको समयमा उपत्यकामा ३०० मेगावाट विद्युत् आवश्यक भएपनि राति र बिहानको समयमा माग आधाभन्दा कममा घट्ने भएकाले व्यवस्थापन नै प्रमुख विषय रहेको उहाँको भनाइ छ । 

कुलेखानीको पानी सिध्याउने र उपत्यका बाहिर विद्युत्भार कटौती थप गरेर काठमाडौँमा नियमित विद्युत् दिइएको भनेर गरिएको प्रचारमा समेत सत्यता नरहेको भन्दै मन्त्री शर्माले मागअनुसार विद्युत् वितरण गर्न प्राधिकरण सक्षम हुने दाबी गर्नुभयो । 

हाल एक हजार ४०० मेगावाट विद्युत्को माग भए पनि केन्द्रीय प्रणालीमा आठ सय मेगावाट बढी विद्युत् उपलब्ध भइरहेको र आगामी एक महिनाभित्र ४५ मेगावाट विद्युत् थप हुने उहाँको भनाइ थियो । 

यस्तै लामो समयदेखि अवरुद्ध रहेको चमेलिया, कुलेखानी तेस्रो र माथिल्लो त्रिशूली थ्री ‘ए’ जस्ता आयोजनालाई युद्धस्तरमा अगाडि बढाइएको जानकारी दिँदै उहाँले खिम्ती ढल्केबर प्रसारण लाइन र ढल्केबरमा रहेको सवस्टेसनको निर्माणले समेत गति लिएकाले आगामी हिउँदमा सहज रुपमा विद्युत् उपलब्ध हुने बताउनुभयो । 

पत्रकार सम्मेलनमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, जल तथा ऊर्जा आयोगका अधिकारी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो तीन महिनामा भएका कार्यप्रगतिका बारेमा जानकारी दिनुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने