२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको गढवामा पनि अक्टोबर क्रान्ति सतबार्षिकीको उद्घाटन

२५ कार्तिक २०७३, बिहीबार १३:२५

सन्तोषकुमार गुप्ता, कार्तिक २५, देउखुरी । राष्ट्रिय जनमोर्चाको पूर्व घोषित कार्यक्रम अन्र्तगत बिहिबार देउखुरीको गढवामा स्थानिय स्तरमा अक्टोबर क्रान्ति सतबार्यिाकीको उद्घाटन गरिएको छ । राष्ट्रिय जनमोर्चा एरिया नम्बर १ का अध्यक्ष गुणनिधि शर्माको अध्यक्षता तथा अखिल नेपाल किसान संघ केन्द्रिय समितिका सदस्य प्रेमनारायण आचार्यकोे प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले समाजबादी राज्य स्थापनाका लागि अक्टोबर क्रान्तिको सान्दर्भिकता अहिले पनि झनै बढेर गएको बताएका छन् । उनीहरुले रुसको तत्कालिन जार शाहीको बिरुद्ध सन् १९१७ मा बोल्सेबिक पार्टीको नेतृत्वमा भएको ऐतिहासिक अक्टोबर क्रान्ति सफल भएको दिनको स्मरण गदै अहिले पनि विश्वका क्रान्तिकारी पार्टीहरुले आत्मासाथ गदै नयाँ अक्टोबर क्रान्तिका लागि घनिभुत रुपमा लाग्न पर्नेमा पनि जोड दिएका छन् । 

      “अक्टोबर क्रान्तिको झण्डालाई उचा राख्न, नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरु भर्ना गरौँ” भन्ने मुल नाराका शुरु अभियानको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले समाजबादी आन्दोलनलाई बलियो बनाउन नयाँ पिढीबाट हजारौँ क्रान्तिकारीहरुलाई भर्ना गरी संगठित गर्नु पर्नेमा बताएका छन् । नयाँ प्रकारको अक्टोबर क्रान्ति सम्पन्न गर्न सम्पूर्ण बामपन्थी क्रान्तिकारीहरु एक ढिक्का हुनुपर्नेमा जोड दिएका थिए । उनीहरुले समाजबादी राज्य सत्ताले मात्र गरिब निमुखा तथा सर्वहारा बर्गको उत्थान हुने बताए । जसका लागि सबै जनताहरुलाई अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा घरदैलोमै गई प्रशिक्षात्मक कार्यक्रम सञ्चालन गर्न नेता तथा कार्यकर्ता सबै जना घनभुत रुपमा लाग्नु पर्ने समेत बताएका छन् ।

       राजमो गढवाका सचिव खुमानन्द पोख्रेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष रेशम बिसी, राजमो एरिया नं. १ का इन्चार्ज महेश रिजाल, अखिल नेपाल शिक्षक संघका केन्द्रिय सदस्य कपिलदेव खनाल र राजमो गढवाका अध्यक्ष दिनमणी आचार्य लगायतले अक्टोबर क्रान्तिको सान्दर्भिकता, महत्व र आवश्यकताका बिषयमा सबै जनताहरुलाई जानकारी गराउनु पर्ने बताएका थिए । कार्यक्रममा कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनबादी गीत तथा नृत्य समेत प्रस्तुत गरेको थिए भने कार्यक्रमको सञ्चालन  राजमो एरिया नं. १ का सचिव टुकमान कँवरले गरेका थिए ।

     तत्कालिन जारशाही सरकारको बिरुद्ध रुसमा लेनिनले चलाएको अक्टुवर क्रान्तिको एक सय बर्ष पुरा भएको स्मरणमा राष्ट्रिय जनमोर्चाले देशैभरी नै सतबार्षिकी कार्यक्रम सञ्चालन गरिरहेको छ । २५ अब्टुवर १९९७ मा सुरु भएको अक्टुवर क्रान्तिको एक सय बर्ष पुगेको उपलक्ष्यमा गत कार्तिक २२ गते देखि देशैभरी यो कार्यक्रम उद्घाटन गरिएको जिल्ला अध्यक्ष रेशम बिसीले जानकारी दिए । त्यसैगरी राजमो दाङको पुर्व घोषित कार्यक्रम अन्र्तगत कार्तिक २६ गते शुक्रबार देउखुरीको भालुवाङमा पनि स्थानिय स्तरमा अक्टोबर क्रान्ति सतबार्यिाकीको उद्घाटन गरिने भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत