नरी बडु, कात्र्तिक २६ बैतडी ।
भारत सरकारले आफ्नो देशमा चलनचल्तीमा रहेका पाँच सय र एक हजारका नोट बन्द गरेपछि नेपाली बिरामी समस्यामा परेका छन् ।

भारतका अस्पतालहरुले कात्र्तिक २३ गतेबाट उक्त नोटहरु लिन नमानेपछि बैतडी, दार्चुला, बझाङ लगायत जिल्लाका भारत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नरी बडु, कात्र्तिक २६ बैतडी ।
भारत सरकारले आफ्नो देशमा चलनचल्तीमा रहेका पाँच सय र एक हजारका नोट बन्द गरेपछि नेपाली बिरामी समस्यामा परेका छन् ।

भारतका अस्पतालहरुले कात्र्तिक २३ गतेबाट उक्त नोटहरु लिन नमानेपछि बैतडी, दार्चुला, बझाङ लगायत जिल्लाका भारत"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

भारतीय नोट बन्द हुदा नेपाली बिरामी समस्यामा

२६ कार्तिक २०७३, शुक्रबार ०५:०८

नरी बडु, कात्र्तिक २६ बैतडी ।
भारत सरकारले आफ्नो देशमा चलनचल्तीमा रहेका पाँच सय र एक हजारका नोट बन्द गरेपछि नेपाली बिरामी समस्यामा परेका छन् ।

भारतका अस्पतालहरुले कात्र्तिक २३ गतेबाट उक्त नोटहरु लिन नमानेपछि बैतडी, दार्चुला, बझाङ लगायत जिल्लाका भारतमा उपचार गर्न गएका बिरामीहरु समस्यामा परेका छन् ।

भारतीय मुद्रा नचलेपछि उपचारको लागि भारतको पिथौरागढ, लुवाघाट, हल्द्वानी लगायतका ठाँउमा गएका नेपाली विरामीहरुको बिचल्ली भएको भारतको पिथौरागढमा रहेको एक निजि अस्पताल (डक्टर रेणु जग्दीश) का डक्टर तारा जोशिले बताए ।

“अहिले उक्त अस्पतालबाट मात्रै गम्भीर रारिरीक समस्या भएका र अपरेशन गर्नुपर्ने दैनिक दुई देखि तीन जनासम्म विरामी नोट नचल्दा उपचार पाउनबाट बन्चीत भएका छन” उनले भने ।

थोरै खर्चमा उपचार गर्नुपर्ने र जटिल अपरेशन गर्नुपर्ने केहि बिरामीहरुको आफुहरुले उदारोमा पनि उपचार गराईरहेको उहाँको भनाई छ । “भाईको हड्डीको अपरेसन गर्नुपर्ने भएकाले सयखडा तीन प्रतिशतका दरले भारु नोट साटेर पिथौरागढ लगे तर त्यहाँ उक्त नोट अस्पतालले लिन नमानेपछि समस्या भएको छ” बैतडीको कोटीलाका धनबहादुर बोहराले भने ।

बिरामीको समस्यालाई हेरी यो समयमा आफुहरुले नेपाली नोट चलाएपनि नेपालका बिरामीहरुलाई जानकारी नहुदा अघिनै कमिशन तिरेर भारु नोट ल्याउने गरेको भारतको एक निजि अस्पतालका डक्टर जग्दीश गडकोटीले बताए ।

कमिसन दिएर भारु नोट लगि उपचार गराउन भारत गएका नेपलीहरु समस्यामा परेकाले नेपाल सरकारले कुनै कुटनितिक पहल चालि समस्या समाधान गर्नुपर्ने बैतडीको माहाकाली शर्माली गाविस (हाल भारतको पिथौरागढमा छोरीको हड्डी अपरेसन गरीरहेका) विरसिह साउदको भनाई छ ।

क्याप्सन : भारतको पिथौरागढमा रहेको बैतडी, दार्चुला, बझाङ, लगायत सुदूरपश्चिमका नेपालीहरुले उपचार गराउन जाने भारतको एक निजि अस्पताल
तस्बिर : नरी बडु (पिथौरागढ)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु