कात्तिक २४, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देश गर्नुभएको छ । 

मोरङ जिल्लास्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २४, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देश गर्नुभएको छ । 

मोरङ जिल्लास्"/>

२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनतालाई अनुभूति हुने सेवा प्रदान गर्न प्रधानमन्त्रीको निर्देशन

२०७३, २६ कार्तिक शुक्रबार ०७:०४

कात्तिक २४, विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले जनतालाई प्रत्याभूति हुने खालको सेवा प्रदान गर्न कर्मचारीलाई निर्देश गर्नुभएको छ । 

मोरङ जिल्लास्थित क्षेत्रीय र जिल्ला कार्यालयका प्रमुखलाई आज बिहान विराटनगरमा निर्देशन दिँदै उहाँले भन्नुभयो– ‘‘विकास निर्माणका योजनालाई राम्रोसँग परिणाममुखी ढङ्गले सम्पन्न गर्नुस् ।’’ 

प्रधानमन्त्री दाहालले विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्न कर्मचारीबीच प्रतिस्पर्धाको भावना जागृत हुनुपर्ने बताउँदै गुणस्तरीय कार्य सम्पन्न गर्ने कर्मचारीलाई राज्यले पुरस्कृत गर्नेछ भन्नुभयो । 

राष्ट्रिय गौरवका योजनालगायत अन्य महत्वपूर्ण योजनालाई समयमै सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै उहाँले राष्ट्र निर्माणका लागि सकारात्मक सोचका साथ एक्यवद्ध भएर अगाडि बढ्न कर्मचारीलाई निर्देशन दिनुभयो । 

प्रधानमन्त्री दाहालले आपूmले राष्ट्रिय गौरवका योजना र महत्वपूर्ण योजनालाई सम्पन्न गर्नका लागि के समस्या छ भनेर विभागीय मन्त्रीलगायत पदाधिकारीसँग छलफल गरी समस्या समाधानका ठोस कदम उठाउन निर्देशन दिएको उल्लेखगर्दै विकास निर्माणको कार्यमा गति दिई बजेट खर्च बढाउन पनि निर्देशन गर्नुभयो । 

आफुले मेलम्ची, सिक्टा सिँचाइ आयोजना, प्यूठानको बाढीग्रस्त क्षेत्र, अपर तामाकोसी, खोटाङ, सङ्खुवासभाको राजमार्ग क्षेत्रको अवलोकन र अनुगमन गरेर ती योजना समयमै सम्पन्न गर्न बढी केन्द्रित हुनसमेत निर्देश गरेको उहाँले बताउनुभयो । 

राजनीतिक दलबीच समझदारी बढाएर सबैको सहमतिमा संविधान कार्यान्वयनको काम अगाडि बढाइएको चर्चा गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “संविधान कार्यान्वयनका साथै तीन तहको निर्वाचन सम्पन्न गराउनका लागि कर्मचारीले सकारात्मक वातावरण बनाएर कार्य गर्न जरुरी छ ।” 

उहाँले स्वतन्त्र विदेश नीतिलाई आधार बनाएर दुबै छिमेकी मुलुकसँगको सम्बन्ध सन्तुलित रहेको र अन्तर्राष्ट्रिय जगतसँग सन्तुलित सम्बन्ध राखेर सरकार कार्य गरिरहेको बताउँदै शान्ति प्रक्रियालाई अगाडि बढाएको, सेना समायोजनपछि मुलुकमा गुणात्मक रुपमा शान्ति सुरक्षाको अवस्थामा सुधार भएको उल्लेख गर्नुभयो । 

भूमण्डलीकरण र विज्ञान प्रविधिको राम्रो पक्षलाई अङ्गिकार गरी नेपाली सेना, सशस्त्र र नेपाली प्रहरीलाई सक्षम बनाउन सरकार अग्रसर रहेको प्रधानमन्त्री दाहालले बताउनुभयो । 

निमित्त मुख्यसचिव टङ्कमणि शर्माले विकासको गति सुस्त भएकाले यसतर्फ कर्मचारी अग्रसर हुनुपर्दछ भन्नुभयो । सो अवसरमा मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले जिल्लाका मुख्य समस्याका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी टी– २० विश्वकप : दोस्रो खेलमा आज इटालीसँग खेल्दै नेपाल