२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

म्याग्दीमा उनन्चालीस हजार मेट्रिक टन खाद्यान्न उत्पादन

२०७३, २६ कार्तिक शुक्रबार ०७:३७

कार्तिक २६, म्याग्दी । जिल्लाको १९ हजार ७५५ हेक्टर खेतीयोग्य जमिनमा वार्षिक ३९ हजार ६६७ मेट्रिक टन अन्नबाली उत्पादन भइरहेको छ । 

विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या एक लाख १३ हजार ६०० रहेको छ । जिल्लालाई आवश्यक पर्ने २२ हजार ८४१ मेट्रिक टन खाद्यान्न जिल्लामै उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । 

“वार्षिक सोह्र ८०० मेट्रिक टन खाद्यान्न बिक्री हँुदै आएको छ,” उहाँले भन्नुभयो । कृषि विकास कार्यालयको तथ्याङ्कले जिल्ला खाद्यान्नमा आत्मनिर्भर रहेको देखाएको छ । तर बाहिरी जिल्लाबाट चामल, दाल, गेडागुडीलगायतका खाद्यान्न वार्षिक रुपमा ठूलो परिमाणमा आयात हुने गरेको छ । 

कोदो, मकै, जौ लगायतका खाद्यान्नको प्रयोग जिल्लाका बासिन्दाले न्यून रुपमा गर्ने गरेका कार्यालयकी योजना अधिकृत ज्योति क्षत्री बताउनुहुन्छ । आव २०७२÷७३ मा तीन हजार ८९७ हेक्टर क्षेत्रफलमा सात हजार ५५९ मेट्रिक टन धान, तीन हजार ६२ हेक्टरमा पाँच हजार १९२ मेट्रिक टन गहुँ तथा नौ हजार ८७२ हेक्टरमा २६ हजार ८१३ मेट्रिक टन मकै उत्पादन भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी