२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोट शैक्षिक सुधार तर्फ लम्किँदै

२०७३, २७ कार्तिक शनिबार ०९:१७

कात्तिक २७, जाजरकोट । जिल्लालाई शैक्षिक सुधार वर्ष घोषणासँगै सरोकारवाला निकायले पनि चासो बढाएको छ । यहाँको शैक्षिक सुधार र सामुदायिक विद्यालय भन्नसाथ कमजोर पढाइ हुने भनी बुझ्ने परिपाटीलाई बदल्न सरोकारवाला एक जुट भएका हुन् । 

दसँै तिहारको बिदा सकिएलगत्तै जिल्लाका सबै विद्यालयमा अनुगमनसँगै शिक्षकको नियमित उपस्थितिलाई कार्यन्वयन गर्न जिल्ला शिक्षा कार्यालयले सिक्रियता बढाएको छ । कार्यालयले शैक्षिक क्यालेन्डरलाई कडाइका साथ कार्यान्वयन गर्न र विद्यार्थीको पढ्न पाउने अधिकारबाट सुरक्षित गर्न नियमित छट्के जाँच गर्ने गरेको छ । 

जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंह आफँैले स्थानीय राजनीतिक दल, नागरिक समाज र अन्य वुद्धीजीवीलाई विद्यालय खुलेको वा नखुलेको, नियमित पढाइ भए, नभएको भनी कार्यालयबाट टेलिफोन समेत गरी जानकारी लिने गरेको पाइएको छ । 

विद्यालय व्यवस्थापन समिति गठन गर्दा सहमतिमा गर्न दबाब दिँदै आएको जिल्ला शिक्षा कार्यालयले जिल्लाका ६० प्रतिशत भन्दा बढी विद्यालयले सहमतिमा विद्यालय व्यवस्थापन समिति गठन गरेको जानकारी दिएको छ । सहमति अनुसार समिति गठन नहुँदा जिल्लाका अधिकांश विद्यालय शैक्षिक क्रियाकलाप खस्किएको भन्दै कार्यालयले सहमतिको कुरा अगाडि सारेको जिल्ला शिक्षा अधिकारी सिंहको भनाइ छ । 

जाजरकोटमा अधिकांश विद्यालयमा विद्यार्थी अनुसारको विद्यालयमा दरबन्दी नहुनु, अस्थायी स्वीकृति लिएर विद्यालय सञ्चालन हुनु जस्ता समस्या रहेका छन् । जिल्ला शिक्षा कार्यालयको यो अभियानलाई साथ दिन प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले पनि विद्यालय अनुगमण निरीक्षण गर्ने गरेको पाइएको छ । 

भौतिक पूर्वधारको समुचित वितरणका लागि एक विद्यालय एक भौतिक पूर्वाधार हुनुका साथै सबै विद्यालयलाई फर्निचरयुक्त विद्यालय बनाउने अभियान समेत सुरु भएको छ । 

यसै वर्षदेखि नमुना विद्यालय निर्माणकार्य सुरु भई जिल्लाका ११ स्थानमा नमुना विद्यालय समेत निर्माण भइसकेको कार्यालयले जनाएको छ । 

विद्यालयमा महिनावारी हुँदा छात्रालाई पर्ने असर र सोही कारणले विद्यालय नै छाड्नुपर्ने समस्यलाई हल गर्न प्रत्येक विद्यालयमा जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा प्याडको व्यवस्था समेत गरिएको छ । यो व्यवस्थासँगै छात्राहरुको विद्यालयमा पढाइमा हुने समस्या हल भएको छ । 

विद्यालय खुल्ने समयमा शिक्षक विद्यालयमा नगएको पाइएमा नेपाल प्रहरीले बिदामा बसेको हो या होइन त्यसबारेमा जिल्ला शिक्षा कार्यालयमा जानकारी दिन थालेपछि कामचोर शिक्षक तह छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी