९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चार राउण्ड गोलीसहित तीन जना पक्राउ

२७ कार्तिक २०७३, शनिबार ०९:२४


राम नारायण पंडित/कात्तिक २७, सिरहा । सिरहाको मिर्चैयाबाट चार राउण्ड गोली सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

बिशेष सुराकीको आधारमा शसस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाबाट खटिएको प्रहरीको गस्ति टोलीले मिर्चैयाको कटारी चौकबाट आज (शनिबर) २ राउण्ड गोली र २ थान गोलीको खोका सहित ३ जनालाई पक्राउ गरिएको छ । 

ज ५ प १२९ नम्बरको मोटरसाइकल चेकजाच गर्ने क्रममा मोटरसाइकलको एयर फिल्टरमा लुकाई राखेको अबस्थामा ८ एमएमको २ राउण्ड गोली र २ थान गोलीको खोका बरामद भएपछि मोटरसाइकलमा सबार रहका ३ जनालाई नियन्त्रणमा लिईएको प्रहरीले बताए । 

पक्राउ पर्नेहरुमा मिर्चैया २ मल्हनिया पिरारी बस्ने २१ बर्षीय नरेश कुमार कापर, २२ बर्षीय २२ जयकिशोर कापर र २४ बर्षीय बिनोद कापर रहेको प्रहरीले बताए । 

पक्राउ परेकाहरुको साथबाट एक लाख ३५ हजार नेपाली रुपैया, एक थान ट्याब र तीन थान मोबाइल बरामद भएको छ । पक्राउ परेकाहरुलाई आबश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मिर्चैयाको जिम्मा लगाइएको छ । घटनाको सम्बन्धमा थप बिबरण आउन बाँकी रहेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो